News Portal

  • रक्षा मन्त्रालयबाट हटाइएका ईश्वर पोखरेलकाे विदाईमा प्रधानसेनापति अनुपस्थित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ असाेज
    ९७७ पटक
    भक्तपुर, २९ असाेज

    प्रधानमन्त्रीले रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएपछि रक्षामन्त्री ईश्वर पोखरेललाई बुधवार सो मन्त्रालयमा विदाई कार्यक्रम राखियो । तर, उक्त विदाई कार्यक्रममा नेपाली सेनाका प्रधानसेनापति गएनन । उक्त विदाई कार्यक्रममा नेपाली सेनाले एकजना उपरथीलाई भने पठायो ।

    नेपाली सेनासँगको मनमुटावकै कारण जिम्मेवारी खोसिएको हल्ला चलिरहेका बेला विदाई कार्यक्रममा देखिएको यो दृष्यले अझ बढी कुरा काट्ने मौका मिल्यो । बजारमा अनेक टिप्पणी हुन थाले । यसरी धेरै कुरा आउन थालेपछि अब भने नेपाली सेनाले निवर्तमान भइसकेका रक्षामन्त्री पोखरेललाई नेपाली सेनाको मुख्यालयमै बोलाएर विदाई गर्ने तयारी भएको छ ।

    त्यसका लागि नेपाली सेनाले जंगीअड्डामा आइतबार एक कार्यक्रमको आयोजना गर्ने जनाएको छ । मन्त्रालयको विदाई कार्यक्रममा नआएर मन्त्रीलाई जंगी अड्डामै बोलाउनुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाली सेनाले भने जंगीअड्डामै विदाइ गर्ने भएपछि रक्षा मन्त्रालयमा बुधबार भएको विदाइ कार्यक्रममा सहभागी हुन उपरथी शशिबहादुर सिंह पठाएको प्रष्ट्याएको छ ।

    सेना र रक्षामन्त्री पोखरेलबीचको सहज सम्बन्ध नभएको र छेडखानी तथा कटाक्ष हुन थालेको थियो । फास्ट ट्रयाकसहितका विषयमा रक्षामन्त्रीले सेनालाई लक्षित गर्दै लकिरका फकिर जस्ता शब्दको प्रयोग गरेपछि नेपाली सेनाले त्यसमा टिप्पणी पनि गरेको थियो । धेरैले यसैलाई पोखरेललाई सेनासँगको मनमुटावकै कारण रक्षामन्त्रीको जिम्मेवारीबाट हटाइएको दावी गरेका छन् । साथै पोखरेललाई सेनाले मात्र होइन, मन्त्रालयकै कर्मचारीले पनि असहयोग गरेको टिप्पणी बाहिर आएको थियो ।

    यसैबीच रक्षा सचिव रेश्मिराज पाण्डेले यस्ता टिप्पणीमा कुनै तथ्य नरहेको दावी गरेका छन् । त्यो पनि मन्त्रीलाई विदाई गर्न बुधवार मन्त्रालयमा आयोजना गरिएको कार्यक्रममै त्यो कुरा उप्काए । पाण्डेले कर्मचारी र विभागीय समूहको असहयोगले मन्त्री पोखरेल हटेको भन्ने विषय गलत रहेको दाबी गरे । तर, अन्तिममा आएर विदाई कार्यक्रममा त्यस्तो विषयमा टिप्पणी गरेर उनले त्यो कुरामा अझ चर्चा थपेको बताउन थालिएको छ ।

    प्रतिकृया दिनुहोस्

    पहिलो पटक प्रधानमन्त्रीको बिपक्षमा मतदान गरेको नेमकिपा यसपटक तटस्थ

    एउटै कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक बिश्वासको मत लिएका छन् । पहिलो पटक विश्वासका...

    युट्युब च्यानललाई कारबाही गर्न प्रहरी र युट्युब कम्पनीलाई पत्राचार गर्दै प्रेस काउन्सिल

    प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको...

    शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि...

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...