News Portal

  • नक्कली प्रहरी पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ असाेज
    ९०४ पटक
    भक्तपुर, २९ असाेज

    नेपाल प्रहरीले प्रयोग गर्ने सञ्चार सेट (वाकीटकी) बोकि प्रहरी बनी ठगी गर्दै हिड्ने नक्कली प्रहरी पक्राउ परेका छन् । बिहीबार प्रहरीले उनलाइ पक्राउ गरेकाे हाे ।

    पक्राउ पर्ने ब्यक्ति रामेछाप खाडादेवी गाउँपालिका ६ घर भई हाल काठमाडाैकाे बाँनियाटार बस्ने गोबिन्द खड्का  हुन् ।

    खड्काले विगत २ बर्ष देखि प्रहरीको सञ्चार सेट जस्तो देखिने KENWOOD ब्राण्डको 144 MHZ F.M.Transceiver-TH-22E र हेण्ड वाकिटकि सञ्चार सेटहरु बोकी ट्राफिक प्रहरीको यूनिफर्मको Rain coat, प्रहरीको T-shirt, Name plate, लगाई प्राय रातको समयमा ठगी धन्दा चलाउदै आएका प्रहरीको भनाइ छ । “म प्रहरी हुँ ” भनि उपत्यकाका बिभिन्न रात्रीकालिन व्यबसाय संचालन गर्ने स्थानहरुमा गई व्यवसायी लगायतका मानिसहरुलाई अनुचित प्रभाबमा पारी आर्थिक लाभ लिने गरेको भन्ने बिशेष सूचनाको आधारमा अपराध महाशाखाबाट खटिएको टोलीले टोखा बनियाटारबाट उनलाई पक्राउ गरेको हो।

    महाशाखाले उल्लेखित हुलिया भएका ब्यक्तीबाट कोही कसैलाई बिभिन्न प्रभाव पारि ठगी गरेको भए सो बारे कार्यालयमा सम्पर्क गर्न समेत सबैमा जानकारी गराएको छ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...