काठमाडौं, १ कार्तिक । सर्वाेच्च अदालतमा आजबाट १५ दिनसम्मका लागि बन्द हुने भएको छ ।
प्रशासनले सूचना जारी गर्दै १ देखि १५ कात्तिकसम्म अदालत बन्द हुने जानकारी दिइएको छ ।
तर बन्द रहे पनि बन्दीप्रत्यक्षीकरण रिट निवेदनको भने सुनुवाइ हुने जनाइएको छ ।
सर्वाेच्च प्रशासनका अनुसार शनिबार र विजयादशमी टीकाका दिनबाहेक अरू दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि खुला रहने छ ।
दशैंका बेलामा सधैँ यो अवधिमा अदालत बन्द हुने गर्दछ ।