News Portal

  • सुदुरपश्चिम प्रदेशका सांसद भट्टलाई कोरोना

    ६०१ पटक

    बैतडी, २ कार्तिक । बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो ।

    स्वास्थ्यमा सामान्य समस्या आएपछि पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनले बताए ।

    “गत असोज २५ गतेदेखि होम क्वारेन्टिनमा रहेका बेला रुघाखोकीका लक्षण देखिएपछि परीक्षण गराएको हुँ, कोरोना पुष्टि भए पनि अहिले पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ” उनले भने ।

    आफू अहिले सदरमुकामस्थित गढीमा रहेको घरमै होम आइसोलेसनमा बसिरहेको प्रदेशसभा सदस्य भट्टले बताए ।

    गत असोज १३ गते प्रदेश राजधानी कैलालीबाट फर्केका प्रदेशसभा सदस्य भट्ट यसअघि जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रममा पनि सहभागी भएका थिए ।

    उनका गाडी चालकको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । रासस

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...