News Portal

  • राजनीतिलाई दोष लगाएर कर्मचारी चोखिन मिल्दैन : सचिव पाण्डे

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ कात्तिक
    ९२४ पटक
    भक्तपुर, ४ कात्तिक

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले राजनीतिक नेतृत्व दियोको बत्ति भए कर्मचारी त्यसको तेल भएका भनेका छन् । बत्ति कस्तो बाल्ने भन्ने कुरा तेलमा भर भए जस्तै राजनीतिक नेतृत्वले कस्तो परिणाम दिने भन्ने विषय कर्मचारीहरु माथि केन्द्रीत रहने उनको भनाइ छ ।

    शिक्षा सेवाबाट सचिव बन्न सफल सानोठिमी बस्ने पाण्डेले मंगलवार उनलाई बधाई तथा प्रशंसा पत्र प्रदान गर्न आयोजित  एक कार्यक्रममा उक्त कुरा बताएका हुन् । राजनीतिलाई दोष लगाएर कर्मचारी चोखिन नमिल्ने भन्दै पाण्डेले राजनीतिक नेतृत्वको जसअपजसमा कर्मचारी भागीदार रहने प्रष्ट पारे ।

    कर्मचारीहरु प्रति सर्वसाधारण जनता सकारात्मक बन्न नसकेको बताउदै उनले आफूले पाएको मन्त्रालय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रशासनिक कामका विषयमा समेत जनताले कर्मचारी प्रति आशंका गर्ने गरेको स्वीकार गरे । ती बिसङगती अन्त्य गरी जनतासंग जोडिने सेवा प्रवाह आफ्नो प्राथमिकतामा परेको उनले खुलासा गरेका थिए । ”म कर्मचारीलाई जनताले मनैदेखि बिश्वास र आदर गर्ने कर्मचारी संयन्त्रमा जोड दिइरहेको छु।” उनले भने ।

    शिक्षामा आफूले पच्चीस वर्ष सेवा गर्दा पाएको साख गिर्न नदिने प्रतिवद्धता प्रकट गर्दै उनले त्यसलाई अझ उचो बनाएर राष्ट्र सेवामा लागिरहने प्रण गरेका थिए । सचिव पाण्डेले शिक्षामा काम गर्दाका सुखद पलहरुको स्मरण गर्दै शिक्षाको विकास बिना देश बिकाश सम्भव नहुने बिचार समेत व्यक्त गरे । कार्यक्रममा सचिव पाण्डेले समाजवादको यात्रा शिक्षामा विकास बिना सम्भव नहुने बताए । आफूले पच्चीस वर्ष शिक्षा सेवामा बिताएको स्मरण गर्दै पाण्डेले शिक्षा क्षेत्रको विकासका लागि आफूले दिलोज्यान दिने प्रतिवद्धता समेत प्रकट गरेका थिए ।

    उक्त अवसरमा कार्यक्रम आयोजक नेपाल निजामती कर्मचारी संगठन शिक्षा विभागीय कार्यसमितिको तर्फबाट भूमि व्यवस्था¸ सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई बधाई एवं सम्मान प्रदान गरिएको थियो । शिक्षा सेवाबाट सचिव बन्न सफल भएका सानोठिमी बस्ने पाण्डेलाई सांसद महेश बस्नेतले प्रशंसा पत्र प्रदान गरेका थिए । नेपाल निजामती कर्मचारी संगठन शिक्षा विभागीय कार्यसमितिका अध्यक्ष शिवराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष केदार प्रसाद देवकोटा, आधिकारिक ट्रेड युनियनका निवर्तमान अध्यक्ष पुण्यप्रसाद ढकाल, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)का शिक्षा विभागीय अध्यक्ष निमप्रकाश राठौर लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...