News Portal

  • मन्त्री दुलालको जनपक्षीय निर्णयपछि बागमती प्रदेशमा सरकारको अनुभुती

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ५ कात्तिक
    १५४५ पटक
    भक्तपुर, ५ कात्तिक

    संघीय सरकारले कोभिड -१९ को सबैलाई निशुल्क परिक्षण  र उपचार नगर्ने भनेर हात उठाएपनि बागमती प्रदेश सरकारले भने त्यसलाई निरन्तरता दिने भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकाश मन्त्रालयले निशुल्क परिक्षण र उपचारलाई  निरन्तरता दिने निर्णय गरेको हो ।

    बागमती प्रदेशमा सामाजिक विकाश मन्त्रालयको नेतृत्व मन्त्री युवराज दुलालले गरिरहेका छन् । सिन्धुपाल्चोकबाट प्रदेश सभाका लागि निर्वाचित दुलाल युवा नेता हुन् । जनताको पक्षमा पहलकदमी लिएर उनले निर्णय गरेपछि कोभिड-१९का बिरामीलाई राहत मिलेको छ । मंगलबार मन्त्री स्तरीय निर्णयबाट  उपचारलाई पहिलेजस्तै निरन्तरता दिने निर्णय भएको सचिव दीपक काफ्लेले जानकारी दिएका हुन् ।

     सचिव काफ्लेका अनुसार सामाजिक विकाश निर्देशलयमार्फत प्रदेश भरीका प्रयोगशाला, अस्पताल र स्वास्थ्य कार्यालयहरुमा सो निर्णयका बारेमा बुधबार परिपत्र समेत  पठाइसकिएको छ । प्रदेश मातहत १ जनस्वास्थ्य प्रयोगशाला, ८ अस्पताल र १३ स्वास्थ्य कार्यालय रहेका छन् । प्रदेश मातहत रहेको भक्तपुर अस्पतालकी मेसु डा. सुमित्रा गौतमले पत्र प्राप्त भएको पुष्टि गरेकी छन् । पत्रानुसार अस्पतालले कोभिड १९ को बिरामीलाई निशुल्क सेवा कायम राख्ने उनले बताइन् । भक्तपुर अस्पतालले दुधपाटी र खरिपाटीमा गरि २५० बेडको आइसोलेसन सन्चालन गरिरहेको छ ।

    भक्तपुर अस्पतालका अध्यक्ष मिलन सुवालले सामाजिक विकाश मन्त्रालयको  निर्णय  जनताको पक्षमा भएको भन्दै मन्त्री दुलालप्रति आभार समेत प्रकट गरेका छन् । मन्त्री दुलालकै पहलमा भक्तपुर अस्पतालले स्थापनाको ११६ वर्ष पछि आइसियु सेवा दिन सफल भएको र पहिलोपटक ल्याप्क्रोसकोप बिधिबाट शल्यक्रिया समेत शुरु गरेको अवगत गराउदै अध्यक्ष सुवालले मन्त्री दुलाल जस्ता काम गर्ने नेताकै कारण जनताले सरकारको अनुभुती गर्न सक्ने विश्वास ब्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...