News Portal

  • आम नागरिकले प्रहरीमा राष्ट्र देख्नुपर्छ : प्रहरी महानिरीक्षक थापा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ कात्तिक
    १२२९ पटक
    भक्तपुर, ५ कात्तिक

    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्ने बताएका छन् । प्रहरीले गर्ने व्यवहार बाट आम जनताले संगठनकाे मूल्याङ्कन गर्ने भएकाले प्रहरीले गर्ने व्यवहार दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्ने बताएका हुन् ।

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा बुधबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा संचालित १-१८०औं समूह (पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स ११औं समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताए ।

    सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दीक्षित भई कार्यक्षेत्रमा खटिन जाने प्रहरी कर्मचारी अब नाम वा व्यक्ति मात्र नभई संस्था एवम् सार्वजनिक व्यक्तित्व भएको उल्लेख गर्दै संस्थागत व्यवहारप्रति सदैव संवेदनशील रहन आग्रह समेत गरेका थिए । आम नागरिकले प्रहरीमा राष्ट्र देख्ने भन्दै उनले प्रहरीले आफ्नाे व्यवहारद्वारा उनीहरुलाइ त्यसकाे अनुभुती गराइरहनुपर्ने प्रष्ट पारे ।

    कहिलेकाँही प्रहरी सेवामा चुनौती पनि आउने र ती चुनौती तथा समस्याको समाधानलाइ याेग्यता देखाउने अवसरकारुपमा बुझ्नुप्रने उनले बताए । दीक्षित हुने प्रशिक्षार्थीहरुलाई असल, जनताले रुचाइएको, निष्पक्ष, प्रविधिमैत्री एवम् जन उत्तरदायी प्रहरीको रुपमा आफूलाई प्रस्तुत गर्न समेत लाई निर्देशन दिए ।

    कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन डा.हरि प्रसाद अधिकारी,उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की,अपराध अनुसन्धान विद्यालयका निमित्त प्रधानाचार्य प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द राज आचार्य लगायतले तारीम लिएकाहरुलाइ मार्गनिर्देश गरेका थिए । २०७६ वैशाख २३ गतेबाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित पोष्ट ग्रेजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा ८ महिला सहित कुल १ सय ८ जना प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...