मोरङमा महिलामाथि जवर्जस्ती करणीको आरोपमा एक जनप्रतिनिधि नै पक्राउ परेका छन् । उनी रतुवामाई नगरपालिका वडा नम्बर ३ का वडासदस्य विनोद कुमार सिंह हुन् ।
३५ वर्षिय सिंहले स्थानीय सुकुम्बासी एक महिलामाथि जवरजस्ती करणीको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ्गका अनुसार महिलालाई खेतमा काम गर्न बोलाएर सिंहले जवर्जस्ती करणी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो ।
कार्तिक ९ गते स्थानीय ३० वर्षिया महिलालाई सिंहले खेतमा ज्यालामा काम गर्न बोलाएका थिए । काम गर्न आएकी उनीमाथि जवरजस्ती करणी गरेको अवस्थामा स्थानीयले देखेपछि सिंह फुकालेको कपडा समेत नलाई भागेका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।