News Portal

  • जिन्दगीभरी अध्यक्ष ओलीको जयजयकार गराैँला : सचिव ढकाल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ कात्तिक
    २०१२ पटक
    भक्तपुर, २४ कात्तिक

    पूर्व माओवादी पृष्ठभूमिका नेकपाका बाैद्भिक नेता एवं भक्तपुर जिल्ला कमिटीका सचिव डिपी ढकालले जीन्दगीभर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको जयजयकार गर्ने जनाएका छन् । नेकपाको बैठकबाट पुरानो पुस्तालाई राजनीतिबाट ससम्मान बहिर्गमन गराउने निर्णय भए जीन्दगीभर अध्यक्ष केपी शर्मा ओलीको जयजयकार गर्ने उनले जनाएका हुन् ।

    प्रधानमन्त्री ओलीले नयाँ पुस्तालाई नेतृत्व सुम्पने पर्ने बताइरहँदा नेता ढकालले व्यवहारबाट यसको पक्षमा लाग्न आग्रह गरे । बुढा नेताहरुलाई सरकारी पद प्रधानमन्त्री देखि वडा सदस्य सम्म केही हुन नपाउने नियम पारित गराए आफूहरु जीन्दगीभरी अध्यक्ष ओलीको जय जयकार गरिरहने उनको उद्घोष छ ।

    तर, पार्टीलाई नै कोमामा राखेर प्रधानमन्त्री पदमा आसिन रहने प्रवित्तिले अध्यक्ष ओलीको इतिहास सकारात्मक नबन्ने उनले चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्रीले विशेष अधिकारको बहानामा पार्टी निर्देशन र बिधि प्रक्रिया नमान्ने नीति लिन नहुने नेता ढकालले बताएका छन् ।

    झलनाथ खनाल प्रधानमन्त्री हुदा एउटा मापदण्ड आफू हुदा अर्को ? उनले प्रश्न गरेका छन् । बैठकबाट भाग्नु समस्याको समाधान नभएको भन्दै नेता ढकालले पार्टी बैठकमै बसेर छलफल, सहमती र सहकार्यबाट पार्टीको साख बचाउनपर्ने र एकतावद्ध भएर अगाडी बढ्नुपर्ने आवस्यकता औल्याएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...