News Portal

  • नेपाल सम्वतकाे इतिहास

    भक्तपुर, २९ कात्तिक
    १२७९ पटक
    भक्तपुर, २९ कात्तिक

    नेपाल सम्वत् (छोटकरीमा : नेसं) नेवार समुदायमा प्रचलित नेपालको मौलिक राष्ट्रिय सम्वत् हो। नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वाः हुन् । उनले नेपालमण्डलका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो सम्वत् थालिएको हो। भक्तपुरका राजा राघवदेवको आज्ञामा वि.स‌ं. ९३६ र सन् ८७९ अक्टोबर २० का दिन देखि सुरुवात भएको थियो। नेपालमा औपचारिक रूपले यो सम्वत् चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो। हाल यसलाइ आेझेलमा पारिएकाे पाइन्छ ।

    इतिहास
    पहिलो ज्योतिषका अनुसार शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो। त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए। अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ। अर्को किंवदन्ती अनुसार शंखधर भन्ने एक व्यापारी थिए । उनी धेरै धनी थिए । शंखधरका साथीहरू पनि व्यापारी थिए । तर शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह भयो । उनीहरूले जालसाजी गरेर राजालाई ‘यसले अनैतिक व्यापार गरेको छ’ भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे । यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चताप गर्दै ‘तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ’ भने । गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल सम्वत् चलेको भनाइ छ ।

    चन्द्रमासमा आधारित
    चन्द्रमानक नेपाल सम्वत् नेसं १, इसं ८७९ अक्टोबर २०, कार्तिक शुक्ल प्रतिपदाका दिन देखि सुरु भएको हो । चन्द्रमानक नेपाल सम्वत्‌को नयाँ वर्ष म्ह पूजा पर्वबाट सुरु हुन्छ । यो दिन भिंतुना र्यालि पनि आयोजना हुने गर्दछ । चन्द्रमानक नेपाल सम्वत्‌मा प्रत्येक वर्ष ३५४ देखि ३७८ दिनहरू हुन सक्छ । एक औंशी देखि अर्को औंशी सम्मको समयावधिलाई एक महिना मानिन्छ ।

    सौर्यमासमा आधारित
    सौर्यमानक नेपाल सम्वत् नेसं ११४१ देखि सुरु भएको हो । नेपाल सम्वत्‌मा चन्द्रमानक गिन्ती मात्र रहेको र चन्द्रमानक चक्रमा हुने गडबडीका कारण नेपाल सम्वत्‌को व्यवहारिक प्रयोग हुन नसकेको कारणले सौर्यमानक नेपाल सम्वत् प्रचलनमा आएको हो । सौर्यमानक नेपाल सम्वत्‌को नयाँ वर्ष कछला १बाट सुरु हुन्छ । यो दिन इश्वी सम्वत्‌मा अक्टोबर २० र विक्रम सम्वत्‌मा कार्तिक ४ वा ३ गते पर्ने गर्दछ । सौर्यमानक नेपाल सम्वत्‌मा प्रत्येक वर्ष ३६५ दिन हुने गर्दछ भने ‘तँसा दिं’ अर्थात् अधिक दिन हुने वर्षमा ३६६ दिन हुने गर्दछ । पहिलो पाँच महिना सम्म प्रत्येक महिनामा ३० दिन, छैठौँ महिनामा प्रत्येक वर्ष २९ दिन र सातौँ महिना देखि बाह्रौँ महिना सम्म प्रत्येक महिनामा ३१ दिन हुने गर्दछ । यसरी अधिक वर्षमा हुने अधिक दिन छैँठौँ महिनामा राखिने गरिन्छ । नेपाल सम्वत्‌मा व्यवहारिकताको पक्ष थपिएको खुशियालीमा विभिन्न व्यक्ति व्यक्तित्व र संघ संस्थाहरूद्वारा क्रमशः नेपाल सम्वत् अपनाउने, प्रयोग गर्ने र प्रचारप्रसार गर्ने थालनी गरेका छन् । नेपाल सम्वत्‌लाई आधार मानी अभियानहरू समेत संचालन भएका छन् । विकिपिडियाबाट ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...