News Portal

  • रत्नपार्कलाई शंखधर पार्क बनाएपछि उत्पन्न टिकाटिप्पणीमा मेयर शाक्यको यस्तो स्पष्टिकरण

    बुद्धशरण शाही/ भक्तपुरपोस्ट काठमाडौं, ९ मङ्सिर
    ११६६ पटक
    काठमाडौं, ९ मङ्सिर

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राष्ट्रिय विभूति शंखधर साख्वाःको शालिक राख्ने उपयुक्त स्थान उपलब्ध भएमा रत्नपार्कबाट सार्ने संकेत गरेका छन् ।

    काठमाडौंको पुरानो रत्नपार्कको नाम परिवर्तन गरी शंखधर पार्क नामाकरण गरिएको र त्यहाँ शंखधर साख्वाःको शालिक स्थापना गरिएको बारे आइरहेको टिकाटिप्पणीप्रति लक्षित गर्दै उनले रत्नपार्क बाट प्रतिमा सार्ने बिचार सार्वजनिक गरेका हुन् ।

    राष्ट्रिय विभूति शंखधर साख्वाः दिवसको उपलक्ष्यमा मंगलवार कामपा १५ वडास्थित लखुतीर्थमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

    ‘नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःको योगदानलाई चिरस्मरणीय बनाउन काठमाडौं महानगरपालिकाले गत शनिवार शंखधर उद्यानमा शंखधर साख्वाःको सालिक स्थापना गरेको हो । त्यहाँ सालिक राखिएकोमा केही केहीको गुनासो पनि आएको सुनियो । शंखधर साख्वाःको सालिक त्यहाँ नराखी अर्कै कुनै ठाउँमा राख्दा राम्रो हुने सुझाव पनि आएको छ । यदि कतै त्यस्तो ठाउँ छ भने हामीलाई भन्नोस्, हामी त्यहाँ अहिलेको भन्दा पनि भव्य शंखधर साख्वाःको सालिक स्थापना गर्नेछौँ ।’ मेयर शाक्यले स्पष्टिकरण दिंदै भने ।

    किंवदन्ती अनुसार शंखधर साख्वाःले लखुतीर्थबाट लिएको वालुवा नै सुनमा परिणत भएको र उनले त्यही सुन बेचेर आएको पैसाले ऋणमा डुबेका तत्कालीन नेपाली जनतालाई ऋणमुक्त गरी नयाँ युग शुरु भएको संकेत स्वरुप नेपाल संवत् शुरु भएको हो । शंखधरसँग जोडिएको उक्त लखुतीर्थलाई पनि अहिले काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरी धार्मिक पार्कको रूपमा विकास गर्न लागिएको छ । मेयर शाक्यले उक्त पार्क निर्माण भइसकेपछि शंखधर साख्वाःको गरिमा अझ बढ्ने दावी गरेका छन् ।

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति–११४१ द्वारा आयोजित उक्त कार्यक्रममा बोल्दै समितिका अध्यक्ष रमेश महर्जनले सबैबाट प्रयास भएमा नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन सफलता प्राप्त गर्न सहज हुने बिश्वास व्यक्त गरे ।

    आफ्नै देशको नामबाट नेपाल संवत् स्थापना गर्ने शंखधर साख्वाःको योगदानको कदर गर्दै नेपाल सरकारले नेपाल संवत् ११२० कछलाथ्व दशमि अर्थात् वि.सं. २०५६ मंसिर २ गते उनलाई राष्ट्रिय विभूति घोषित गरेको थियो । उनलाई राष्ट्रिय विभूति घोषणा गरेको दिन कछलाथ्व दशमिलाई ‘शंखधर दिवस’ का रूपमा मनाउने गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...