News Portal

  • सुधीर बस्नेतको पक्षमा सर्वोच्चकाे आदेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ मङ्सिर
    ८८७ पटक
    भक्तपुर, ९ मङ्सिर

    नेपाल राष्ट्र बैंकसहित केही बैंकविरुद्धको रिटमा सर्वोच्च अदालतले व्यवसायी सुधीर बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले बस्नेतको पक्षमा अन्तरिम आदेश दिएको हो ।

    बस्नेतले एक बैंकले लिलामी गरेको धापासीको आफ्नो जग्गाको लिलामी बदरको माग गर्दै रिट दिएका थिए ।

    धापासीस्थित जग्गा धितो राखेर बस्नेतको ओरियन्टल सहकारीले एउटा वाणिज्य बैंकबाट ऋण निकालेको थियो । कर्जा सम्झौता अनुसार ऋण तिर्न नसकेपछि बैंकले बस्नेतको धापासीस्थित धितो राखेको जग्गा लिलामीमा गरेको थियो ।

    लिलामीको सूचना निकाल्दा पनि धापासीको जग्गा बिक्री नभएपछि बैंक आफैंले सकारेको थियो । अहिले त्यस जग्गामा बैंकले संरचनासमेत बनाएको छ ।

    सर्वोच्चले मंगलबार दिएको अन्तरिम आदेशको लिखित रुप भने सार्वजनिक भएको छैन ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...