News Portal

  • पद दुरुपयोगको आरोपमा नेपाल प्रहरीका २ एसपीसहित ४ निलम्बित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ मङ्सिर
    ९४२ पटक
    भक्तपुर, १७ मङ्सिर

    पदको दुरुपयोग गरी अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका २ एसपी सहित ४ जना निलम्बनमा परेका छन् । नेपाल प्रहरीका दुई एसपी, एक डिएसपी र एक इन्सपेक्टर निलम्बनमा परेका हुन् ।

    निलम्बन हुनेमा एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव रहेका छन् । त्यसैगरी डिएसपी भरतबहादुर चौधरी र इन्स्पेक्टर मेघराज चौरसिया पनि निलम्बित हुनेको सूचीमा छन् । गृह मन्त्रालयले उनीहरुलाई निलम्बन गरेको हो ।

    एसपीद्वय बस्नेत र यादव माथि आफ्ना मातहतका कार्यालयलाई पैसा उठाउन प्रेरित गरेको र मातहतका कार्यालयबाट रकम असुल्ने गरेको आरोप लागेको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...