News Portal

  • श्रीमान् विदेशः श्रीमती परपुरुषसँग गएपछि ………

    रासस
    ५६७ पटक

    तनहुँ, १० पुस । जिल्लाको व्यास नगरपालिका–१ भादगाउँ निवासी एक महिला श्रीमान् विदेश भएको मौका छोपी परपुरुषसँग लागेपछि तीन वर्षीय छोरीसमेत बेखबर बनेकी छन् ।

    पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । हराएकी महिला खोज्न प्रहरीले कदम चालिरहेको अवस्थामा पुनः दुई दिनपछि उनै व्यक्तिले बालिका पनि हराएकाले खोजी गर्न भन्दै जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    महिला परपुरुषसँग गएको भन्ने जानकारी पाए पनि फेला पार्न भने नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

    “पोखराका एक पुरुषसँग ती महिला गएको र एक दिन उनैको घरमा बसेको भन्नेसम्म सुराकी पाएका थियौँ”, उनले भने, “उक्त स्थानमा भोलिपल्ट जाँदा प्रहरीले दुवैलाई फेला पार्न सकेन ।”

    पोखरा निवासी ती पुरुषको घर प्रहरीले पत्ता लगाईसके पनि कसैलाई भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    “ती बालिकालाई पनि उनीहरुले सँगै लगेको हुनसक्ने अनुमान गरेका छौँ”, प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले भने, “प्रहरीले ती महिला र पुरुषको खोजी कार्यलाई तीव्रता दिँदै आएको छ ।”

    प्रतिकृया दिनुहोस्

    भक्तपुरका बासिन्दा श्रेष्ठ बागमती प्रदेश सरकारका प्रवक्ता

    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकार प्रवक्ताको जिम्मेवारी पाएका छन्...

    साहित्यकार पदम विश्वकर्मा सम्मानित

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका अध्यक्षमा निर्वाचित भएका साहित्यकार पदम विश्वकर्मालाई राजधानीका...

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नर्सिङ्ग पढाउछौं : सांसद थापा

    durlab

    प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले मध्यपुर थिमि नगरपालिकाको नेपाल कोरिया मैत्री नगर अस्पताललाई स्वास्थ्य शिक्षासंग...

    मिटरब्याजी पीडितको माग सम्बोधन गर्ने गृह मन्त्रालयको आश्वासन

    मिटरब्याजी पीडितका समस्या समाधान गर्ने आश्वासन गृह मन्त्रालयले दिएको छ । मिटरब्याजी पीडितलाई भेट्न टंगाल...

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन्...