News Portal

  • मन्त्रिपरिषद पुनर्गठनमा प्रचण्डका मान्छेले भाग खोसेको भन्दै ओलीपक्षमा असन्तुष्टि

    भक्तपुरपोस्ट संवाददाता
    ११३३ पटक

    काठमाडौं, १० पुस । संघीय प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा प्रम ओलीले अधिकांश प्रचण्डका मान्छेहरुलाई मन्त्री बनाएका छन् । प्रधानमन्त्री ओलीले पूर्व माओवादी समूहका पाँच नेतालाई मन्त्री बनाएपछि उनका खास भनिन रुचाउने मान्छेहरु रुष्ट बनेका छन् ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा टोपबहादुर रायमाझीसहित पूर्व माओवादीका प्रभु साह, मणि थापा, हरिशंकर चौधरी र दावा लामालाई ओलीले मन्त्री बनाएका हुन् । पुनर्गठित मन्त्रिपरिषदमा मणि थापा खानेपानी, प्रभु साह शहरी विकास, हरिशंकर चौधरीलाई श्रम र दावा लामालाई ओलीले युवा तथा खेलकुद मन्त्रालय सुम्पिएका छन् ।

    संसद विघटन र नेकपामा आएको फूटमा आफूलाई साथ दिने पूर्वमाओवादी समूहका नेताहरुलाई प्रधानमन्त्रीले मन्त्रिमण्डलमा लगेपछि ओली समुहमा असन्तुष्टि फैलिएको छ । यसअघि मन्त्रिपरिषदमा पूर्व माओवादीका तर्फबाट रामबहादुर थापा गृहमन्त्री र लेखराज भट्ट उद्योग तथा वाणिज्य तथा आपूर्ति मन्त्री छन्।

    प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गर्ने निर्णय गरेपछि प्रचण्ड–नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिएका थिए। प्रधानमन्त्री ओलीले प्रचण्डका मान्छेहरुलाई मात्र मन्त्री बनाएपछि लामोसमयदेखि ओली नजिक देखिएका नेताहरु र तीनका कार्यकर्ताहरु रुष्ट बनेको देखिएको छ । कतिपयले नव नियुक्त मन्त्रीहरुलाई बधाई दिएका छैनन् भने केहीले ढिला गरी औपचारिकतामा मात्र बधाई दिई टोपलेको देखिन्छ ।

    ओलीका खम्बा मानिने महेश बस्नेत, राजेन्द्र गौतम, विशाल भट्टराई लगायतको मन्त्री बन्ने हल्ला चलेपनि प्रचण्डका मानिसहरु प्रधानमन्त्रीको रोजाइमा परेपछि उनीहरुको भाग खोसिएको हो । आज मन्त्रीमंडलमा अाेलीका प्रेम आले वन तथा वातावरण मन्त्री र जुलीकुमारी महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएकी छन् । यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयदेख त्रिपाठी स्वास्थ्य मन्त्री, महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् ।

    त्यसैगरी भूमिव्यवस्थाबाट पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्री भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...