News Portal

  • प्रधानमन्त्री र राष्ट्रपतिको कदम विरुद्ध नागरिक प्रतिरोधका कार्यक्रम सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० पुस
    ७२२ पटक
    भक्तपुर, १० पुस

    संविधानले चिन्दै नचिन्ने एक ‘आदेश’को भरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको र त्यसमा राष्ट्रपतिले अविवेकी लाहाछाप लगाएको भन्दै नागरिक प्रतिरोध हुने भएको छ । प्रधानमन्त्री र राष्ट्रपतिको कदम प्रतिगामी भएको र यसले आम जनसाधरणको मनमा गहिरो चोट परेको निष्कर्ष सहित प्रतिरोधका कार्यक्रम सार्वजनिक गरिएको हो ।

    वृहत् नागरिक आन्दोलनले संघर्षका कार्यक्रम सार्वजनिक गर्दै आम नागरिकलाई संघर्षमा सहभागी बन्न आह्वान समेत गरेको छ । एक विज्ञप्तीमार्फत प्रतिनिधि सभा विघटन गर्ने कदमको यसअघि नै भत्सर्ना गरिसकेको वृहत् नागरिक आन्दोलनका संयोजक युग पाठकले प्रधानमन्त्रीको कदम सामान्य राजनीतिक दाउपेच मात्र नभई प्रष्ट हुनेगरी प्रतिगमनको रोडम्याप सामुन्ने आएको बताए ।

    प्रतिगमनको ठूलो कदमले दैलैमा टेकेपछि हालसम्म प्राप्त उपलब्धि नै गुमेर मुलुक अँध्यारो सुरुङमा प्रवेश गर्न लागेको विषयमा चासो र चिन्ता हुनु स्वाभाविक ठहर गर्दै प्रतिगमनबाट मुलुकलाई जोगाउँदै थप उपलब्धि प्राप्त गर्न सडकमै उत्रनु सबै नागरिकको कर्तव्य भएको उनको भनाइ छ । संयोजक पाठकका अनुसार प्रतिगमनको सशक्त प्रतिरोध गर्न निम्न संघर्षका कार्यक्रम घोषणा गरिएको छ ः
    क. संघर्षका कार्यक्रम ः
    १. पौष ११ गते शनिबार ः शंख एपिसोडसहित कोणसभा
    २. पौष १३ गते सोमबार ः डम्फु एपिसोडसहित कोणसभा
    ३. पौष १५ गते बुधबार ः धिमे एपिसोडसहित कोणसभा
    ४. पौष १७ गते शुक्रबार ः च्याब्रुङ एपिसोडसहित कोणसभा
    ५. पौष १८ गते शनिबार ः सडक नाटकसहित वृहत्नागरिक सभा
    संघर्षका सबै कार्यक्रममा कविता, संगीत लगायतका कलात्मक प्रस्तुति हुनेछन् ।
    ख. ब्यानर
    १. मूल ब्यानर ः प्रतिगमन विरुद्ध वृहत्नागरिक आन्दोलन ।
    ग. समय र स्थान
    १. स्थान ः माइतिघर समय ः हरेक दिन दिउँसो २ बजे ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...