News Portal

  • समृद्धिको यात्रा, ओलीको गाईजात्रा

    भक्तपुरपोस्ट संवाददाता
    ६७९ पटक

    काठमाडौं, ११ पुस । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र त्यसमा लाहाछाप लाउने राष्ट्रपति विद्यादेवी भण्डारी बिरुद्ध राजधानीमा नागरिक प्रतिरोध भएको छ । शनिबार दिउँसो काठमाडौंको माइतीघरमा नागरिक संघर्षमा उत्रिएका हुन् ।

    नागरिक समाजको आयोजनामा माइतीघर भण्डलामा भएको प्रदर्शनले बटुवालाई पनि आकर्षित गरेको थियो । नागरिकहरुले शंख बजाएर सरकार प्रमुखको अलोकतान्त्रिक कदम प्रति बिरोध जनाएका थिए ।

    प्रदर्शनमा सहभागीले संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमनको संज्ञा दिएका छन् । प्रधानमन्त्रीको कदमविरुद्ध ‘वृहत नागरिक आन्दोलन’ निर्माण गरेका नागरिक अगुवाले सडक संघर्षको पहिलो दिन शंख बजाएर विरोधको स्वर सुनाएका छन् भने सरकार विरुद्ध चर्को नाराबाजी समेत गरेका छन ।

    प्रदर्शनमा सहभागीहरुले ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

    प्रतिगमनको ठूलो कदमले दैलैमा टेकेपछि हालसम्म प्राप्त उपलब्धि नै गुमेर मुलुक अँध्यारो सुरुङमा प्रवेश गर्न लागेको विषयमा चासो र चिन्ता हुनु स्वाभाविक भएकोले नागरिक स्वस्फूर्त सडकमा उत्रिएका सहभागीहरुले बताए । प्रतिगमनबाट मुलुकलाई जोगाउँदै थप उपलब्धि प्राप्त गर्न सडकमै उत्रनु सबै नागरिकको कर्तव्य भएको आन्दोलनका संयोजक युग पाठकले बताएका छन् । संयोजक पाठकका अनुसार आइतवार डम्फू बजाएर बिरोध प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...