News Portal

  • प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुतला दहन

    भक्तपुरपोस्ट संवाददाता गोरखा, ११ पुस
    १६०८ पटक
    गोरखा, ११ पुस

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा तथा विद्यार्थी संगठनले गोरखामा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका छन् । शनिबार साँझ गोरखा सदरमुकाममा मसाल जुलुस सहित उनीहरुले पुत्ला दहन गरेका हुन् ।

    नेकपाको भाृतसंगठन युवा संघ र विद्यार्थी संगठन अनेरास्वबियूले नेकपा नगर कार्यालय चाइनिज धाराबाट निकालेको मसाल जुलुस सहितको प्रर्दशन हरमटारी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदम प्रतिगामी भएको र त्यसलाई युवाहरुको आक्रोशले निस्तेज बनाउने युवा संघका संयोजक अशोक भट्टको भनाइ छ ।

    मसाल जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै युवासंघका केन्द्रिय सदस्य सुदिप नगरकोटीले प्रधानमन्त्रीले संबैधानिक ‘कु’ गरेको भन्दै नेपाली जनताले त्यसलाई कुनै पनि हालतमा स्विकार गर्न नसक्ने बताए ।

    प्रधानमन्त्रीले देशलाई दुर्घटनामा धेकेलेकाे जिकिर गर्दै उनले भने,  ”हामी कुनै पनि हालतमा ओलीको सर्वसत्ताबादको सपना पुरा हुन दिनेछैनौ, हामी युवा फेरि एकपटक असंबैधानिक कार्यका बिरुद्ध निरन्तर सर्घषमा होमिन तयार छौ ।”

    प्रहरीको राेकावटका बाबजुद कार्यक्रम गरिएकाे थियाे भने पुत्ला दहनपछि कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...