News Portal

  • प्रधानमन्त्री प्रतिक्रान्तिको गोटी बनेको निष्कर्ष

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ पुस
    ९९२ पटक
    भक्तपुर, १४ पुस

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनका विरुद्ध अहिले भइरहेको भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    पार्टी विभाजित भएपछि दाहाल–नेपाल पक्षले पहिलो पटक राजधानीमा गरेको शक्ति प्रदर्शनका क्रममा प्रदर्शनी मार्गमा आयोजित सभामा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तिको गोटी बनेको आरोप लगाए ।

    संसद विघटनविरुद्ध निर्मम संघर्ष गर्नु परे पनि तयार रहेको भन्दै उनले भने, ‘बिगतदेखि पटक पटक ढाँट्दै आएका ओलीले अन्तिम संसद बिघटन गरेकै दिन बिहानसम्म ढाँट्दै महाफट्याई गरे । मैले आलोपालो प्रधानमन्त्री हुने सम्झौतामा लचिलो हुनु र उनलाई विश्वास गर्नु नै मेरो ठूलो गल्ती भयो । हामी अहिले जनतामा छै । जो जनतामा हुन्छ त्यो नै अधिकारिक नेकपा पार्टी हुन्छ । भोलि नै अर्को चरणको कार्यक्रमको तयारी गर्दैछौं । यो भन्दा अलि कडा । प्रधानमन्त्री वा अरु भ्रममा नबस्नुहोला । सिधासिधा कुरा हो, हामी अन्तिम समयसम्म लड्छौं ।

    प्रचण्डले देशभरिका जनताले प्रम ओलीको कदमलाई गलत र असंवैधानिक भनेको स्मरण गराए । साथै उनले सर्वोच्च अदालतले जनताको भावना र मर्मलाई बुझेर फैसला आउनेमा आफू विश्वस्त रहेको बताए ।

    उनले भने ‘मैले भन्ने गरेको छु बिघटन त केपी ओलीको सरकार भएको हो  हामी हैन । हामी यहाँ छौ । सदन भंग भएको छैन। भंग त ओली सरकार भएको हो ।’

    अर्का अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओलीले नेता बनाईदिने, मेयर बनाई दिने भन्दै ललिपप बाँड्ने गरेको बताएका छन् ।  बहुमत बनाउनका लागि ओलीले  मान्छे तान्न खाेजेपनि नसकेर ब्याकुल बनेका बताए । एक सयकाे हाराहारीमा ‘पार्टीबाट चोइटिएर गएर अझ सूर्य चिन्ह पनि हाम्रो भन्न मिल्छ ? उनले प्रश्न गरे?

    विरोध सभालाई सम्बोधन गदै वरिष्ठ नेता झलनाथ खनालले ओलीले गफ धेरै लगाएकाे तर काम नगरेकाे बताए ।सभामा बोल्दै नेता खनालले ओली सरकारले मरिचमान श्रेष्ठले जतिपनि काम गर्न नसकेको जिकिर गरे । केपी ओली इतिहासमा कलङ्कित पात्रकाे रुपमा चिनिने उनले दावी गरे । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह भएको बताएका छन् । गत पुस ५ गते संसद विघटन गराएका ओली तानाशाह भएको खनालको भनाइ छ ।

    संसद विघटनका विरुद्ध आन्दोलनको घोषणा गरेको नेकपाले आज पहिलो पटक राजधानीमा शक्ति प्रदर्शन गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हजाराैं मानिसहरु प्रदर्शनमा सहभागी भएका थिए ।

    काठमाडौंको टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्साल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस लगायतका स्थानबाट निस्किएको जुलुस शहर परिक्रमा गरी भृकुटीमण्डपमा सभामा परिणत भएको थियो ।

     

     

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...