नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने विश्वास व्यक्त गरे । यदि त्यसो नभए त्यो दुर्भाग्यपूर्ण हुने उनको भनाइ छ ।
वैशाखमा निर्वाचन गर्ने सरकारको नियत नभएको भन्दै सभापति देउवाले निर्वाचन नगर्ने प्रधानमन्त्री केपी ओली देशमा बस्नै नसक्ने अवस्था आउने बताए । ‘प्रतिनिधिसभा विघटनको मुद्दा सदर भयो र वैशाखमा निर्वाचन भएन भने जनताले अब ओलीलाई छोड्दैनन् । उनी यो देशमा बस्न सक्ने स्थिति रहँदैन,’ देउवाले भने ।
पर्वतको फलेबासमा सहिद हरिदत्त तिवारीको १८ औं स्मृति सभालाई बिहीबार सम्बोधन गर्दै सभापति देउवाले रास्ट्रपति र प्रधानमन्त्रीले अदालतलाई प्रभावित पार्न खोजेको समेत आरोप लगाएका छन् ।फाइल फाेटाे