News Portal

  • प्रधानमन्त्री ओलीलाई भित्तामा पुर्याइदिने चेतावनी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ माघ २०७७
    ७०० पटक
    भक्तपुर, ६ माघ २०७७

    आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई भित्तामा पुर्याइदिने चेतावनी दिएका छन् । आफू कोमलमा धेरै कोमल तर, कठोरमा अती कठोर भएको भन्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई भित्तामा पुर्याइदिने चेतावनी दिएका हुन् ।

    मंगलवार काठमाडौंमा आयोजित प्रेस संगठन नेपालको दोश्रो रास्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफू जनयुद्धको कमान्डर रहेको नबिर्सन भन्दै माधव नेपाल लगायतको हुर्मत लिएजस्तो नठान्न प्रधानमन्त्री ओलीलाई अर्ती समेत दिए । संसद विघटनलाई संविधान विघटनको शुरुवात भएको उनको भनाइ छ ।  ‘प्रसव पीडा सहेर जन्मेको बच्चालाई हत्या गर्न लाग्दा एउटा आमालाई जस्तो हुन्छ, अहिले आफू त्यस्तै अनुभुती गरिरहेको  प्रचण्डले प्रष्ट पारे ।‘एउटा बघिनीलाई आफ्नो बच्चा अरूले लिएपछि जस्तो हुन्छ त्यस्तै आक्रोश ममा छ।” उनले भने ।

    अध्यक्ष प्रचण्डले आफूले निस्वार्थ पार्टी एकता गरेपनि केपी ओलीले धुर्त्याई गरेको र पार्टी एकताको नाममा किर्ते गरेको आरोप लगाए । ” ओलीले बाम गठबन्धन र पार्टी एकतालाई प्रधानमन्त्री बन्ने भर्याङ्गको रुपमा दुरुपयोग गरे । जेजे सम्झौता थियो त्यो किर्ते गरेका रहेछन । उनको मक्सद नयाँ राजा बन्ने रहेछ ।” अध्यक्ष प्रचण्डले भने ।

    आफूले ओलीको साथ् छोडेर समयमै बुद्धि पुर्याएको जिकिर गर्दै उनले थपे ” नत्र उनको कुकृत्यको सहयात्री बन्नुपर्ने रहेछ ।” अध्यक्ष प्रचण्डले लोकतान्त्रिक गणतन्त्र जनताको ठुलोबलिदानी बाट आएकोले त्यसको खिलाफमा ओलीले उठाएको संसद बिघटनको अस्त्र आफूहरुलाई स्वीकार्य नहुने स्पस्ट पारे ।

    संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको ह्वास्स गन्ध आएको टिप्पणी गर्दै उनले भने, ”राजतन्त्र पुनस्स्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ ।’ओलीले राजनीतिक लडाइँ हारिसकेका र आन्दोलनको सानो धक्काले नै उनको प्रतिगमन ढल्ने प्रचण्डको दावी छ । आेली अब इतिहासमा एक कुपात्रका रूपमा कलंकित भएर रहने प्रचण्डले बताए ।

    उक्त भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले प्रचण्डलाई पार्टीभित्र कायल पारेको बताएका छन् । पहिले केपीकै कित्तामा रहेका प्रचण्ड बिस्तारै उनको स्वभाव बुझ्दै गएपछि आफूहरुसंग मिल्न आएका र त्यहीं झोकमा अध्यक्ष ओलीले कु’ गरेका उनले खुलासा गरे ।

    मंगलवार प्रेस संगठन नेपालको राजधानीमा आयोजित राष्ट्रिय भेलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रचण्डले ओलीलाई बेलैमा चिन्न नसक्दा कुरा बिग्रिएको बताए । ” ओली मेरो कार्यकर्ता हो , उनको बानीस्वभावको मा भुक्तभोगी हो । उनी नकारात्मकताको प्रतिक भएको र उनलाई कसरि तह लगाउने भन्ने आफूहरुलाई राम्ररी थाहा भएको नेपालले जिकिर गरे ।

    ‘ओरिजिनल’ एमाले केपी ओली नभएर आफू नै भएको समेत उनले भनेका छन् । ओलीले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेको र त्यो सत्य नभएको उनको भनाइ छ । आफ्नो नेतृत्वमा पार्टीलाई देशबिदेशमा स्थापित गराएको उनले दावी गरे ।

    माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न गए भन्ने ओलीको भनाइलाई प्रतिवाद गर्दै नेपालले एकता पछि नेकपा भैसकेको र भ्रम नछर्न भनेका छन् । आफ्नो र प्रचण्डको सम्बन्ध ४० वर्ष पुरानो भएको भन्दै नेपालले प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याउने आफूले मध्यस्थता गरेको समेत स्मरण गराए ।

    उनले ओली गणतन्त्र र संघीयता विरोधी भएको बताए । ‘कुनै भ्रममा नपर्नुस् केपी ओली प्रतिगमनका प्रतिक हुन् । अग्रगमनका होइनन् । उनको एकलवाद, अहंकार, दम्भी र असंवैधानिक कदमका विरुद्ध सिंगो देश आन्दोलित छ’, नेपालले भने ।

    प्रतिकृया दिनुहोस्

    अक्सफोर्डका विद्यार्थीलाई आत्मविश्वास, सहकार्य र निर्देशनको पालना सम्बन्धी अभिमुखीकरण

    भक्तपुर १ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलले विद्यार्थी मार्ग निर्देशन, प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रम...

    लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामार्दा १६ जना समातिए

    भक्तपुरको मध्यपुर थिमी १ लौहकिन्थलीस्थित मझेरी क्याफेमा छापामारी प्रहरीले १६ जनालाई समातेको छ । उक्त...

    विश्व डाउन सिन्ड्रोम दिवसमा समावेशी शिक्षा र जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न

    हरेक वर्ष बिश्व डाउन सिन्ड्रोम दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको डाउन सिन्ड्रोम समाज...

    नेराकस (निजामती) को बागमती प्रदेशमा ढुंगानाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति

    नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को बागमती प्रदेश अध्यक्षमा श्रवण ढुंगाना निर्वाचित भएका छन् ।...

    पारिवारिक दुश्मनीले लियो ११ जनाको ज्यान

    पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या भएको छ । बन्दुकधारीहरुले मङ्गलबार सो नरसंहार...