News Portal

  • सरकारकाे दमनपछि नागरिक अगुवाकाे उद्घाेष : तेस्रो जनआन्दोलन सुरु भयाे

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १२ माघ
    १०९२ पटक
    भक्तपुर, १२ माघ

    शान्तिपूर्ण नागरिक आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेपछि अगुवाहरु थप आन्दोलित बनेका छन् । साहित्यकार एवं पूर्व सम्पादक वरिष्ठ पत्रकार नारायण वाग्लेले देशमा तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् ।

    प्रतिनिधिसभा विघटनको विरुद्ध नागरिक आन्दोलनमा प्रहरीले ब्यापक दमन गरेपछि उनले तेस्रो जनआन्दोलन सुरु भएको बताएका हुन् । ‘हामीले शान्तिपूर्ण आन्दोलन गरिरहेका थियौं । बिना सूचना सरकारले बर्बर दमन गर्‍यो । अब तेस्रो जनआन्दोलन सुरु भयो ।” उनले भने ।

    बालुवाटार मार्च पासमा प्रहरीले हस्तक्षेप गर्दा केही अगुवाहरु घाइते समेत भएका छन् ।प्रहरी घेरा तोडेर अगाडि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको पोहोरा हानेको छ ।कमलपोखरीको माटो लगाएर सुरु भएको र्‍याली हात्तीसार, नागपोखरी, नक्साल हुँदै भाटभटेनीबाट बालुवाटारतर्फ बढ्ने क्रममा सुरक्षा घेरा तोडेर अघि बढ्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको हो ।

    लाठीचार्ज र पानीको फोहोरा प्रहारबाट नारायण वाग्ले, मोहना अन्सारी, अरुणदेव जोशी, निर्घ नवीन, संघर्ष दाहाल, स्वर्णिम दिनेश लगायत दर्जनौँ अभियन्ता घाइते भएको बताइएको छ । अभियन्ता वाग्लेले प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचार आफूहरुले नै गर्ने बताए । ‘आन्दोलनमा घाइते भएकाहरुको उपचार हामी आफैं गर्ने छौं,’ सरकारको लालच हामीलाई चाहिँदैन । उनले भने ।’

               

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...