
संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै नेकपाले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो । संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले भोलि आमहडताल गर्ने निर्णय भएको जानकारी दिएकी हुन् । दैनिक अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने भुसालले बताइन् । परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने उनको भनाइ छ ।