News Portal

  • आाज देशभर जनयुद्ध दिवस मनाइँदै : पुरा भए त यि ४० माग ?

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ फागुन २०७७
    ७७८ पटक
    भक्तपुर, १ फागुन २०७७

    २०५२ साल फागुन १ गते तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले जनयुद्ध शुरु गरेको थियो । १० वर्ष सम्म सशस्त्ररुपमा चलेको जनयुद्ध २०६२/०६३ को जनआन्दोलनको सफलता संगै समाप्त भएको हो । देशमा जनयुद्धकै जगमा भएको जनआन्दोलनबाट ऐतिहासिक परिवर्तन भएको छ र देशले संविधान सभा मार्फत नयाँ संविधान र नयाँ व्यवस्था प्राप्त गरेको छ ।

    आज आन्दोलनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशभर जनयुद्ध दिवस मनाइरहेको छ । प्रचण्ड-माधव नेतृत्वको नेकपाले सबै जिल्ला पार्टीलाई जनयुद्ध दिवस मनाउन सर्कुलर नै पठाएको छ ।

    तत्कालीन माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धको स्मरण गर्दै शनिवार जनयुद्ध दिवस मनाइको हो । बिहान ९ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम राखिएको छ । सो कार्यक्रममा जनयुद्ध र मुक्ति आन्दोलनमा शहीद भएकाहरूको स्मृतिमा सभा हुने जनाइएको छ । नेकपा भक्तपुरका सचिव डिपी ढकालले भक्तपुरमा छुट्टै औपचारिक कार्यक्रम नराखिएको बताएका छन् । उनका अनुसार भक्तपुर पार्टी पेरिस डाँडामा आयोजित कार्यक्रममा सहभागी भएर जनयुद्ध दिवस मनाउने कार्यक्रम रहेको छ ।

    तत्कालिन माओबादीका नेता मोहन बैद्य किरणको नेतृत्वमा रहेको क्रान्तिकारी माओबादी र नेत्र विक्रम चन्द विप्लब नेतृत्वको प्रतिवन्धित नेकपाले जनयुद्धको असली पार्टी आफूहरुको भएको दावी सहित बिबिध कार्यक्रम गरी जनयुद्ध दिवस स्मरण गर्ने जनाएका छन् भने । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले पनि जनयुद्ध दिवस मनाउने कार्यक्रम तय भए पनि उक्त पार्टीले सर्कुलर नै पठाएर सबै जिल्लालाई दिवस मनाउन भनेको छैन । नेता डा बाबुराम भट्टराईले प्रचण्ड लाई समेत बक्ता राखेर जनयुद्धकै सन्दर्भ समेटेर आफूले लेखेको पुस्तक सार्वजनिक गर्दैछन् ।

    तत्कालिन माओबादी पार्टी छिन्न भिन्न भएपनि पछिल्लो समय एमालेसंगको एकतापछि बनेको नेकपाले जनयुद्धको अपनत्व लिएको छ । यद्यपी नेकपा समेत विभाजित बन्दा जनयुद्धको उपलब्धि गुम्ने खतरा उत्तिकै छ ।

    तत्कालिन माओबादी र एमालेको एकतापछि बनेको बनेको नेकपाले जनयुद्धको अपनत्व लिएपनि जनयुद्ध लडेका र त्यसक्रममा घाइते भएका , सहादत प्राप्त गरेका र बेपत्ता बनाइएकाहरुको परिवार भने शोकबाट मुक्त हुन सकेको छैन । नेकपा सरकार र संघर्षमा विभाजित बनेपछि त्यसमा थप पिडा भोग्न उनीहरु बाध्य बनेका छन् । राजनीतिक परिवर्तन पछि देश शान्ति र समृद्धिमा अघि बढ्ने उनीहरुको आशा बिश्वासमा परिणत हुन सकेको छैन भने जनताले समेत तत्कालिन जनयुद्ध शुरु हुनु अघि र त्यसक्रममा भएका प्रतिवद्धता पुरा नभएकोप्रति निराशा व्यक्त गरिरहेका छन् ।

    जनयुद्ध शुरु गर्नुअघि तत्कालिन संयुक्त जनमोर्चाले तत्कालीन सरकारलाई ४० बुंदे मागपत्र प्रस्तुत गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवालाई डा बाबुराम भट्टराईको नेतृत्वमा उक्त मागपत्र बुझाइएको थियो । यही माग पूरा नगरेको भन्दै माओवादीले फागुन १ गतेदेखि सशस्त्र जनयुद्ध शुरु गरेको थियो। के/के माग थियो त उतिबेला रु के ति पूरा भए रु आउनुस्, फर्केर हेरौँ १

    माओवादीले जनयुद्ध विद्रोह थाल्नु अघि डा भट्टराई मार्फत तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासंग राखिएका ४० बुँदे मागहरू स्

    १ सन् १९५० को नेपाल-भारत सन्धि लगायत सम्पूर्ण असमान सन्धि-सम्झौताहरू खारेज गरिनुपर्दछ।

    २ २०५२ साल माघ १५ गते नेपाल र भारत सरकारबीच सम्पन्न कथित एकीकृत महाकाली सन्धी अझै बढी राष्ट्रघाती र दीर्घकालीन दृष्टिकोणले बढी खतरनाक भएकाले उक्त सन्धी तत्काल खारेज गरिनु पर्दछ।

    ३ नेपाल९भारत खुला सिमाना नियन्त्रित र व्यवस्थित गरिनुपर्छ। नेपालभित्र भारतीय नम्बरप्लेटका गाडीहरू चलाउन तत्काल रोक लगाउनु पर्छ।

    ४ गोरखा भर्ती केन्द्र रद्द गरिनुपर्छ र नेपालीहरूलाई स्वदेशभित्रै सम्मानजनक रोजगारीको व्यवस्था गरिनुपर्छ।

    ५ नेपालभित्र विविध क्षेत्रमा कामको निम्ति स्वदेशी कामदारहरूलाई नै प्रश्रय दिइनुपर्छ र विशेष अवस्थामा विदेशी कामदारहरूलाई काममा लगाउनु पर्दा वर्क परमिट प्रथा लागू गरिनु पर्छ।

    ६ नेपालको उधोगधन्दा, व्यापार र वित्तीय क्षेत्र एकाधिकार पूँजीको आधिपत्य अन्त्य गरिनुपर्छ।

    ७ आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास हुने गरी भन्सार नीति तय र लागू गरिनुपर्छ।

    ८ साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदुषण र अतिक्रमणको अन्त्य गरिनुपर्छ। देशभित्र छाडा हिन्दी सिनेमा, भिडियो र पत्रपत्रिकाहरूको आयात र वितरणमा तुरुन्त रोक लगाइनुपर्छ।

    ९ एनजिओ र आईएनजिओ आदिको नाउँमा देशभित्र साम्राज्यवादी९विस्तारवादी घुसपैठको अन्त्य गरिनुपर्छ।

    १० जनगणतन्त्रात्मक व्यवस्था स्थापनाको निमिक्त चुनिएका जनताका प्रतिनिधिहरूद्वारा नयाँ संविधान निर्माण गरिनुपर्छ।

    ११ राजा र राजपरिवारको सबै विशेषाधिकार अन्त्य गरिनुपर्छ।

    १२ सेना, प्रहरी, प्रशासन पूर्णरूपले जनताको नियन्त्रणमा हुनुपर्छ।

    १३ सुरक्षा ऐन लगायतका सबै दमनकारी ऐनहरू खारेज गरिनुपर्छ।

    १४ राजनीतिक प्रतिशोधका कारण झुठ्ठा मुद्दामा फसाइएका रूकुम, रोल्पा, जाजरकोट, गोरखा, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, धनुषा, रामेछापलगायत जिल्लाहरूका वन्दीहरू तत्काल रिहा गरिनुपर्छ र सबै झुठ्ठा मुद्दाहरू खारेज गरिनुपर्छ।

    १५ जिल्लाजिल्लामा भइरहेको सशस्त्र प्रहरी अपरेशन, दमन र राज्य आतंक तुरून्त बन्द गरिनुपर्छ।

    १६ विभिन्न समयमा पुलिस हिरासतबाट बेपत्ता पारिएका दिलीप चौधरी, भुवन थापा मगर, प्रभाकर सुवेदीलगायतका व्यक्तिहरूको बारेमा निष्पक्ष छानविन गरीअपराधीहरूलाई कडा कारवाही गरिनुपर्छ र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गरिनुपर्दछ।

    १७ जनआन्दोलनको क्रममा मारिएकाहरूलाई शहिद घोषणा गरिनुपर्दछ, शहिदका परिवार तथा घाइते र अपाङ्गहरूलाई उचित क्षतिपूर्ति दिइनुपर्छ र हत्याराहरूमाथि कडा कारवाही गरिनुपर्छ।

    १८ नेपाललाई धर्म निरपेक्ष राज्य घोषित गरिनुपर्छ।

    १९ महिलाहरूमाथिका पितृसत्तात्मक शोषणको अन्त्य गरिनुपर्छ। छोरीलाई छोरासरह पैतृक सम्पत्तिमाथि समान अधिकार दिनुपर्छ।

    २० सबैखाले जातीय शोषण र उत्पीडनको अन्त्य गरिनुपर्छ जनजातिहरूको बाहुल्य भएका क्षेत्रहरूमा जातीय स्वायत्त शासनको व्यवस्था गरिनुपर्छ।

    २१ दलितहरूमाथिको भेदभाव अन्त्य गरिनुपर्छ। छुवाछुतको प्रथा पूर्णरूपले बन्द गरिनुपर्छ।

    २२ सबै भाषा९भाषीहरूलाई समान अवसर र सुबिधा दिइनुपर्छ उच्च माध्यमिक तहसम्म मातृभाषामा शिक्षा प्राप्त गर्ने व्यवस्था मिलाइनुपर्छ।

    २३ वाक् तथा प्रकाशन स्वतन्त्रताको पूर्ण ग्यारेण्टी हुनुपर्छ। सरकारी सञ्चारमाध्यमहरू पूर्णरूपले स्वायत्त हुनुपर्छ।

    २४ वुद्धिजीवी, साहित्यकार, कलाकार र सांस्कृतिकर्मीहरूको प्राज्ञिक स्वतन्त्रताको ग्यारेण्टी गरिनुपर्छ।

    २५ पहाड र तराइको क्षेत्रीय भेदभाव अन्त्य गरिनुपर्छ, पिछडिएका इलाकाहरूलाई क्षेत्रीय स्वायत्तता प्रदान गरिनुपर्छ गाउँ र शहरबीच सन्तुलन कायम गरिनुपर्छ।

    २६ स्थानीय निकायहरूलाई अधिकार र साधनसम्पन्न बनाइनुपर्छ।

    २७ जमिन जोत्नेको हुनुपर्छ। सामन्तहरूको जमीन जफत गरेर भूमिहिन तथा सुकुम्वासीहरूमा वितरण गरिनुपर्छ।

    २८ दलाल तथा नोकरशाही पूँजीपतिहरूको जमीन जफत गरेर भूमिहिन तथा सुकुम्वासीहरूमा वितरण गरिनुपर्छ।

    २९ सबैलाई रोजगारीको ग्यारेण्टी गरिनुपर्छ। रोजगारी नपाउञ्जेल वेरोजगार भत्ताको व्यवस्था गरिनुपर्छ।

    ३० उधोग, कृषिलगायतका सबै क्षेत्रमा काम गर्ने मजदुरहरूको ज्याला निर्धारण गरी त्यसलाई कडाइका साथ लागू गर्ने व्यवस्था गरिनुपर्छ।

    ३१ सुकुम्वासीहरूलाई वसोवासको उचित ब्यवस्था गरिनुपर्छ वैकल्पिक बसोबासको ब्यवस्था नगरी सुकुम्वासीहरूलाई उठीबास गर्ने काम तुरून्त बन्द गरिनुपर्छ।

    ३२ गरीब किसानहरूलाई बसोबासको उचित ब्यवस्था गरिनुपर्छ। कृषि विकास बैंकबाट साना किसानहरूले लिएको मिनाहा गरिनुपर्छ। साना उद्योगीहरूलाई समुचितकर्जाको ब्यवस्था गरिनुपर्छ।

    ३३ मल, वीउ सस्तो र सुलभ हुनुपर्छ। किसानहरूलाई उत्पादनको उचित मूल्य र बजारको ब्यवस्था गरिनुपर्छ।

    ३४ बाढीपीडित र सुख्खाग्रस्त क्षेत्रहरूमा उचित राहतको ब्यवस्था गरिनुपर्छ।

    ३५ सबैलाई निस्शुल्क र वैज्ञानिक स्वास्थ्य सेवा र शिक्षाको ब्यवस्था गरिनुपर्छ।शिक्षा क्षेत्रमा व्याप्त व्यापारीकरणको अन्त्य गरिनुपर्छ।

    ३६ महंगी नियन्त्रण गरिनुपर्छ। महंगीका अनुपातमा ज्याला वृद्धि गरिनुपर्छ। दैनिक उपभोगका वस्तुहरू सस्तो र सुलभ तरिकाले आपूर्ति गर्ने ब्यवस्था गरिनुपर्छ।

    ३७ गाउँ गाउँमा खानेपानी, बाटोघाटो र बिजुलीको ब्यवस्था गरिनुपर्छ।

    ३८ कुटीर तथा साना उधोगहरूलाई विशेष सहुलियत र संरक्षण दिनुपर्छ।

    ३९ भ्रष्टाचार, कालोबजारी, तस्करी, घूसखोरी, कमिसनतन्त्र अन्त्य गरिनुपर्छ।

    ४० अनाथ, अपाङ्ग, वृद्ध र बालबालिकाहरूको उचित संरक्षणको ब्यवस्था गरिनुपर्छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...