News Portal

  • एक जना सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ चैत २०७७
    ९१८ पटक
    भक्तपुर, ६ चैत २०७७

    सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

    अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीन मध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । जसमा सहसचिव मुकुन्द प्रसाद पौड्याल, दामोदर रेग्मी र गणेश प्रसाद पाण्डेको नाम सिफारिस गरेको हो । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले उक्त निर्णय गरेको हो ।

    आज सचिवका लागि सिफारिस गरिएका तीन सहसचिवमध्ये पौड्याल राष्ट्रिय सूचना आयोगमा र रेग्मी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख हुन् भने पाण्डे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन् ।

    नेतृत्व क्षमता, निर्णायक क्षमता उपयुक्त लागेको व्यक्तिलाई सरकारले सचिव बनाउने निर्णय गर्न सक्नेछ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...