नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिको प्रशिक्षण सत्र स्थगित गरिएको छ । काठमाडौंमा जारी राष्ट्रिय भेलाको प्रशिक्षण सत्र स्थगित गरिएको हो ।
शुक्रबार देखि चालु राष्ट्रिय भेलाको प्रशिक्षण सत्रलाई स्थगित गरी नेक्राविसंघ केन्द्रीय समितिको पूर्ण बैठक चालु भएको जानकारी गराइएको छ ।
पूर्ण बैठकमा नेपाल मजदुर किसान पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं बागमती प्रदेश सांसद सुरेन्द्र राज गोसाईले अध्ययनलाई व्यवहारीकतामा ढाल्नुपर्ने आवश्यकता औल्याए । सांसद गोसाईले अध्ययनशिल मात्र भएर नपुग्नेमा जोड दिँदै त्यसलाई व्यवहारीक जीवनमा लागू गर्नुपर्ने बताए ।
पूर्ण बैठक सके लगतै प्रशिक्षण सत्र सुचारु हुँने आयोजक समितिले जानकारी गराएको छ ।