News Portal

  • झूठ बोलेर संगठन गर्नु राजनीतिक बेइमानी हो – अध्यक्ष रोहित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर ,१७ चैत
    ९०६ पटक
    भक्तपुर ,१७ चैत

    “हामीले हाम्रो चौकी, संगठन र उद्देश्य छोड्नु हुँदैन अन्तिम दम सम्म लड्नुपर्छ ।” उक्तविचार नेमकिपा केन्द्रीय अध्यक्ष नारायणमान बिजुछें रोहितलेले नेक्राविसंघ केन्द्रीय समितिको आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रममा राखेको विचार हो । एमालेमा गञ्जागोल आउनुको कारण स्कूलिङ गलत भएको उनको भनाइ छ । त्यस कारण झूठ बोलेर संगठन गर्नु राजनीतिक बेइमानी मात्र भएको अध्यक्ष रोहितले बताए ।

    पार्टी कार्यकर्ताहरुको पहिलो प्राथमिकता पार्टी, जनता र देश भएको भन्दै पद र पैसाका निम्ति स्वार्थ राख्नेहरु कम्युनिष्ट र समाजवादी कदापी हुन नसक्ने उनको जिकिर छ । “आत्मप्रशंसा र तारिफबाट हामी जोगिनु पर्छ, आलोचना र आत्मालोचना संगठनका प्राण हो ।” उनले प्रष्ट पारे । जागिर दिन्छु भनेर गुप्तचर र विरोधीहरुले फसाउने कारण आफ्नो उद्देश्यबाट विचलित नहून अध्ययनमा जोड दिनु आवश्यक रहेकोमा विजुक्छेले जोड दिएका छन् ।

    “नेमकिपाका पार्टी कार्यकर्ताहरुलाई तारिफ गरेर र भाडेर विरोधीहरुले विगार्ने प्रयास गरेकोमा कार्यकर्ताहरु हर्दम सजक हुनुपर्छ , गाउँ गाउँका जाली फटाहा र शोषकहरु जिउँदै रहेकाले सक्रिय भएर लाग्न विद्यार्थीहरुलाई निर्देशन गर्दछु ।” अध्यक्ष रोहितले भने । शत्रुको बिचमा पनि पसेर लेनिनवादी सिद्धान्त अनुशार संगठित हुन र जनताको सेवागर्न पार्टी निर्देशन अनुसार काम गर्नुपर्नेमा उनको जोड थियो ।

    नेपाली अधिकारी अयोग्य भएकोले हिन्दुस्तानसंगको सन्धीसम्झौतामा नेपाल हारेको भन्दै उनले राजनीतिमा लागेका विद्यार्थीहरुले विशिषज्ञता हाशिल गर्नुपर्ने र जुनसुकै क्षेत्रमा पनि निश्वार्थ रुपमा सेवा गर्नुपर्ने आवस्यकता औल्याए ।

    प्रशिक्षणमा नेक्राविसंघका निवर्तमान अध्यक्ष सविन ख्याजूले अध्ययन र लेखन शैलिमा विकास गरि संगठनलाई चलायमान बनाउनु पर्ने बताए । सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरुङको सभापतित्वमा भएको कार्यक्रम सचिव रमेश प्रजापतिले सञ्चालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...