आज बिहानै भक्तपुर नगरका भाइहरु भेट्न घरमा आए । कुरो गत चैत्र ३१ गतेको रहेछ । बिस्का: जात्रा को क्रम मा लिंगो उठाउने क्रममा एक जना चासुख्य टोलका भाइ रुकेस दुवाल च्यापिएर गम्भीर घाइते भएका रहेछन । उनलाइ मध्यपुर अस्पतालमा ICU मा राखि उपचार भइरहेको रहेछ। बिरामी भेटघाटमा गइयो। लिंगोले च्यापिएर बिरामी को लिभर फुटेर इन्टरनल ब्लिडिङ भएको, फोक्सोमा पानि भरिएको, हेमोग्लोबिनको लेबल तल माथि भएको कुरो थाहा भयो। उनलाइ तुरुन्त अप्रेसन गर्नु पर्ने कुरो पनि थाहा भयो । तर उनको उपचारका लागि आर्थिक ब्यबस्था गर्न असमर्थ परिवार रहेछ । भरखर २४,२५ बर्षको युवा दुइ सन्तानका बुबा रहेछन । सामान्य मोटरसाइकल मर्मत वर्कसप खोलेर जीवन यापन गर्दै आएका उनी यो घटनाले भक्तपुरेहरु बिस्काः जात्राको रमाइलो र भोजको आनन्द लिइरहेको बेला भक्तपुरवासि उनकै परिवारमा भने ठुलो आर्थिक, मानसिक पिडाको पहाड समानको बोझ बोकेर घर छर छिमेक दैलो र अस्पतालको चक्कर काट्न बाध्य छ । अस्पतालमा बिरामी र उनका परिवारलाइ भेटेर फर्कदा मेरा मनमा थुप्रै प्रश्नहरु उब्जे दिनभर मानसिक बोझ बनि रह्यो।
१) के हामी भक्तपुरवासीहरु दोस्रो दर्जाको नागरिक हौं ? होइन भने संस्कृति रक्षाका निम्ति भुमिका निभाउने सर्वसाधारण जनताको भवितब्यको दायित्व केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार कस्को हो ?
२) श्रमजिवी जनताको जिबनको कुनै मुल्य नमानिने सामन्तवादी युगमा रचना भएका परम्परालाइ आधुनिक युगमा सुरक्षित र मुल्यबोध युक्त बनाउन नसकिने हो या बनाउन नपर्ने हो ?
३) के हामी भेडा बाख्रा हौ ? जात्रामा दुर्घटना परेर अंगभंग र मृत्यु भएमा गहिरो अनुसन्धान को आबश्यक हुन्न र ? मान्छे मर्ने जस्तो कुरो हुलमुलमा मरेको भनि कानुनि उपचारबिना उम्किन मिल्छ?
४) हाम्रा पुर्खाले छाडेर गएका सम्पति हाम्रा कला संस्कृति जात्रा हाम्रा गौरबका बिषय होइनन् र ? हो हल्ला अमानविय ब्यबहारले के यो चिर काल सम्म बाचि रहनेछ त ?
५) चाड र जात्रामा बिकसित हुदै गएको उच्छृङ्खलता र कुरुपतालाइ सभ्य नागरिकहरुले निस्तेज पार्नै नसक्ने हो र ?
६) हाम्रा कला र संस्कृति के औपचारिकताका बिषय मात्र हुन र ? यो आर्थिक उत्पादन को साधन होइन र ?
साथै सहृदयि महानुभावहरु अस्पताल गइ परिवारजनलाइ भेटी सहयोग गरी स्वास्थ्य लाभको कामना गरी दिनु हुने नै छ ।
(श्रेष्ठ नेकपा (माओवादी केन्द्र) का नेता हुन् ।)