News Portal

  • विद्यालयमा नेपाल भाषा अनिवार्य : शिक्षक नियुक्त गरी तालिम शुरु

    बुद्धशरण शाही/ भक्तपुरपोस्ट काठमाडौ, ४ बैशाख
    १३८० पटक
    काठमाडौ, ४ बैशाख

    काठमाडौँ महानगर भित्रका सामुदायिक़ तथा निजी विद्यालयमा नेपालभाषा माध्यमबाट  स्थानीय बिषयको पठन पाठन गराउन तालिम संचालन गरिएको छ । यसका लागि महानगरमा आधारभूत तहमा सहायक प्रशिक्षण तालिम संचालन गरिएको हो ।                                                                                                                                                                    दरवार हाइस्कुल , जनप्रभात माध्यमिक विद्यालय , गीतामाता माध्यमिक विद्यालय र जगत सुन्दर माध्यमिक विद्यालयमा तालिम सन्चालन भैरहेको छ । छनौट भईआएका १ सय २६ प्रशिक्षार्थिले नियमित प्रशिक्षण लिदै आएका छन् । नेवा : स्यनामी दबुको प्राविधिक सहयोगमा महानगरको शिक्षा शाखाको आयोजनामा सोमबारबाट संचालन भएको तालिम आउदो मंगलबार समापन हुने बताइएको छ।

    नयाँ शैक्षिक सत्र सुरु हुनु भन्दा अगावै ९१ सामुदायिक विद्यालयमा नियुक्ति दिएर नेपाल भाषा पढाउन तैयारी भएको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिएका छन् । उनका अनुसार नियुक्त शिक्षकहरुको प्रत्यक बर्ष करार अवधि थप गरिने छ । महानगरले प्रकाशन गरेको पाठ्यक्रमका आधारमा कक्षा ८ सम्म नेपाल भाषा पढाई हुने उनको भनाइ छ । कक्षा ९ र १०मा नेपाल भाषालाइ ऐच्छिक बिषयमा राखिदा बिद्यार्थीले निरन्तरता नदिएका उनले गुनासो समेत गरे ।


    यसै गरि प्रशिक्षक बरुण बैध्यले हाल प्रशिक्षण पाएका शिक्षकले कक्षा कोठामा विद्यार्थीलाइ प्रारम्भमा नेपाल भाषा लेखाई भन्दा बोलाई बात बिस्तारै अगाडी बढाउने बताए । तालिममा सहभागी शिक्षकहरुले सिकाइ , पढाई ,भोगाईको मध्यमबात कक्षा कोठामा उत्साहका साथ् पठन् पाठन गराउन आफूहरु उत्साहित रहेको भक्तपुर पोस्टसंग भने ।

    महानगरका प्रमुख विद्यासुन्दर शाक्य तथा उपप्रमुख खड्गी श्रेष्ठको पहलमा महानगरले आधारभूत तहको स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक ‘‘यँ देय् म्हसीके ’’ (काठमाडौं चिनौं) पुस्तक प्रकाशन गरेको हो । महानगरभित्रका चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय र काठमाडौंका प्रमुख जाति नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपी, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । महानगरले स्थानीय बालबालिकालाई परम्परागत ज्ञान सीपबारे जानकारी दिने गरी स्थानीय पाठ्यक्रम विकास गरिएको दावी गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...