News Portal

  • विद्यालय र भिडहुने ब्यवसाय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ बैशाख
    ८५९ पटक
    भक्तपुर, ६ बैशाख

    विद्यालय बन्द गर्न नहुने शिक्षामन्त्रीको सुझावका बाबजुद मन्त्रीपरिषदको बैठकले विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । कोभिड-१९ जोखिमका कारण उक्त निर्णय गरिएको हो ।

    निर्णय अनुसार देशैभरका विद्यालय भने बन्द हुनेछैनन । शहरी क्षेत्रका जोखिम बढी भएका विद्यालयका लागि मात्र सो निर्णय लागू हुने भएको छ । शहरी क्षेत्रका बढी जोखिमयुक्त ब्यवसाय समेत बन्द गर्ने निर्णय भएको बताइएको छ । सिनेमा हल, स्वीमिङ पुल,जिमखाना, रात्रिकालीन क्लब लगायत भिड हुने ब्यवसाय बन्द गर्ने निर्णय भएको सहभागी एक मन्त्रीले बताए । बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको बताइएको छ ।  यसको औपचारिक सूचना भने भएको छैन ।

    बन्द हुने शहरी क्षेत्र भन्नाले भक्तपुर, काठमाडौ, ललितपुरका साथै चितवन, कास्की, मोरङ, दाङ, सुर्खेत, बाग्लुङ  तराईका मूूूख्य शहर परेका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...