News Portal

  • पूर्व गुण्डा नाइके दिपक मनाङ्गे बने मन्त्री

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ बैशाख २०७८
    ७६० पटक
    भक्तपुर, १६ बैशाख २०७८

    कुनै बेला गुण्डा नाइकेको रुपमा बदनामी कमाएका दिपक मनाङ्गे मन्त्री बनेका छन् । गुण्डागर्दी छोडेर राजनीतिमा आएको केहि वर्षमै मनाङ्गे मन्त्री बन्न सफल भएका हुन् ।

    गण्डकी प्रदेश सभामा मनाङ्गबाट स्वतन्त्र सांसद निर्वाचित उनको वास्तविक नाम भने राजीव गुरुङ हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तारसंगै उनलाई मन्त्री नियुक्त गरेका हुन् ।

    उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदानको संघारमा उनलाई मन्त्री बनाइएको हो ।

    मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका उनलाई मुख्यमन्त्री गुरुङले नै मन्त्री बनाएका छन् । नयाँ सरकार बन्ने या पुरानै रहने भन्ने गणितमा ३ सिट सङ्ख्या रहेको राष्ट्रिय जनमोर्चा निर्णायक भूमिकामा छ । जनमोर्चाले साथ छोडेपछि मुख्यमन्त्री अल्पमतमा परेका हुन् ।

    अविश्वासको प्रस्तावमा मतदान गर्ने बेलामा निर्णायक रहेको राष्ट्रिय जनमोर्चाको सांसद् खिम विक्रम शाही रहस्यमय रुपमा बेपत्ता भए। सांसद् बेपत्ता पारेको भन्दै उनको पार्टीले खोज्न माग समेत गर्यो । साँझ कोरोना लागेको भन्दै उनी अस्पतालमा भेटिए। निर्णायक मत नै बेपत्ता भएपछि प्रदेशसभा बैठक स्थगित त भयो नै नयाँ बनेको प्रदेश सरकारमा उही संसदीय व्यवस्थाको पुरानो बिकृति भित्रिएको बिश्लेषकहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...