News Portal

  • केपीले के चलाईरहेछन् ? पार्टी,गुट वा मण्डली !

    श्रीराम खाइजु भक्तपुर, १६ बैशाख २०७८
    २४८५ पटक
    भक्तपुर, १६ बैशाख २०७८

    फागुन ११ गतेको अदालती प्रकृयाद्धारा नेकपा बिभाजित बनेर एमाले र माओवादी केन्द्र भएको छ । एमाले आफ्नो रफ्तारमा छ, माओवादी केन्द्र आफ्नो रफ्तारमा । आ–आफ्नो बजार विस्तार गर्ने तर्कको जोह गर्दै दिन रात नभनी खटिरहेको देख्छौं । त्यसमा आपसी सराप आपसी सौदावाजी, आपसी गुण र दोषको लेखाजोखा सवैले आफ्नै ठाउँवाट गरेका छन् र होलान् । यहाँ माओवादी केन्द्र केन्द्र के हो ? उनको वर्तमान राष्ट्रिय आवश्यकताले सुम्पेको दायित्व र जिम्मेवारी के हो ? त्यता जानु भन्दा केपीले सम्हालेको एमालेसम्वन्धमा केही टिप्पणी राख्ने अनुमति चाहन्छु ।

    खासगरि हामीले सुनेको एमाले बाम आन्दोलनको धरोहर, काँग्रेसका विकल्प, माक्र्स ऐङ्गेल्सले कल्पना गरेको समाजवाद र साम्यवादको नेपाली बाहक हो । तर, हामीले भोगेको एमाले उनको जन्मकालदेखिनै (खासगरि २०४७) जनआकाँक्षाको प्रतिनिधित्वमा काँग्रेसको विकल्प भन्दापनि काँग्रेसको अकर्मण्यताको विकल्पको रुपमा मात्रै देखेका हौं । समाजवाद र साम्यवादको बहाक भन्दा काँग्रेसकै उदार पुँजीवादी अर्थनीतिको सहयोगीको रुपमा मात्रै हो । जसको प्रयोगमा ठूला ठूला भ्रष्टाचार अनियमितताका दर्घटनाहरु पनि छन्, काँग्रेस थाक्दा त्यो भारी उठाइदिने भरियाको रुपमा मात्रै हामीले देखेका हौं । यद्यपी एमालेका केही सकारात्मक पक्ष जिवन्त नभएका भने होइन । लोकतान्नत्रीक आन्दोलन, त्यसपछिको संविधान निर्माणको प्रकृया र हालको केपी गुटसंगको बिधिसंगत लडाईमा एमालेका नेता कार्यकताहरुको उल्लेखनीय भूमिका छ । तर हाल एमाले हरेक पटक चुसाहा बिरुद्धको लडाईमा चुसाहाकै पक्षमा लागेर जनताको अधिकारवादी आन्दोलन कमजोर बनाउने केपी वलीले नै एमाले कब्जा गरेको देखिन्छ ।

    एमाले कस्को ?
    नवौं महाधिवेशनवाट थोरै मतले माधव नेपालको पराजयपश्चात केपी शर्मा ओली एमालेको अध्यक्ष बनेका हुन । त्यसैले एमालेको सिद्धान्त, राजनीति, बिधि बिधानको स्वामित्व केपीमै थियो । तर माओवादी मिसिएर नेकपा बनिसकेपछि, सिद्धान्त राजनीतिमा “जनताको बहुदलीय जनवाद”को ठाउँमा “जनताको जनवाद” अंगीकार गरिसकेपछि अधिवेशको लिगेसीले नयाँ आयाम बोक्यो । नयाँ नाम नयाँ उद्धेश्य र नयाँ संगठनात्मक स्वरुप समेतले एमालेको लिगेसी कामयावी रहेन तर केपीमा मात्रै सिमित रहेन । नयाँ बनेको सम्रचनामा केपी र पिके दुवै समान अधिकारका समान दायित्वका र समान पाहँुचका अध्यक्षमा सर्वसम्मत भए । तर निर्वाचन पश्चातको सरकारको नेतृत्वकर्ताको हिसावदे उनी कार्यकारी जस्तो देखिन थाले । यद्यपी पार्टी र सरकार सञ्चालनमा दुवैको आलोपालोको व्यवस्थापनि गरेकै रहेछन् ।

    समयको गतिसंगै उनीहरुको आपसी मतभेदहरु कार्यनैतिक रुपमा देखा पर्दै गयो र बिबिध आरोह अवरोह सहित केपीको जनविरोधी चरित्र सतहमा आउँदै ग¥यो, त्यसको प्रसतकारमा लाग्दा प्रचण्ड, माधवहरुले सत्तालिप्साको आरोपपनि खेप्नुप¥यो । तर जस्तोसुकै आरोपहरु सहनुपरेपनि लोकतन्त्रलाई मर्यादित र सुसंगत बनाउने जिम्मेवारीलाई ख्याल गर्दै उनीहरु एकतामा जोड दिईरहेका थिए भने गत बैशाख देखिनै ओली प्रचण्ड बाहेकको नेकपा बनाउने अभियानमा लागेको कुरा मदन भण्डारी फाउण्डेसनमार्फत बिबिध हरकत गर्ने, पार्टी फुटाउने बिद्येयक ल्याएर ताण्डव नृत्य गर्ने गर्दै आए । मात्रव प्रचण्डकै संयमताले जोगाउँदै आएको पार्टी उनले गरेको पुष ५ गतेको संसद बिघटको निर्णयले उनको पार्टीमात्रै नभएर देशलाईनै नयाँ राजनीतिक वातावरण बनाउन बाद्य बनायो । र फागुन ११ गतेको संसद पुनस्थापनाको निर्णले थोरै राहात दिएपनि राजनीतिमा केपी वलीले पु¥याएको असंवैधानिक घाउ पुर्न कठिन भयो उनले नैतिकतासमेतलाई धोती लगाईदिए, बिधि बिधानलाई केवल औपचारिकताको डोकामा राखेर कुनामा थन्क्याईदिए र देशी बिदेशी शक्तिकेन्द्रहरुको सहकार्यमा फागुन २३ गतेको पार्टी फुटाउने नयाँ तानावाना बुने र आजको अवस्था आयो । र उनी कथित एमालेका सर्वाधिकारसम्पन्न अध्यक्ष र अन्य निरिह रैति भए । तर त्यसको नैतिक र बैधानिक अधिकार एमाले उनैको हो त ? जवकि उनले जवज देखि पार्टी संयन्त्र सम्म नेकपा बनाउँदा कुनै कमिटीमा निर्णय गराएका थिएनन् कुनै नेता कार्यकर्तासंग मञ्जुरी लिएका थिएनन् । एकलौटी गरेका थिए र हाल पनि उनी एकलौटी गरिरहेका छन् । के पपार्टी सामुहिकतामा चल्छ कि ब्यक्तिगत ? नेता सामुहिक हितको प्रतिनिधि हो कि नेताको ब्यक्तिगत हितको भरिया समुह हो ? यो प्रश्न एमाले केपीको .. भनि चारहात उफ्रनेहरुले बुझ्नुपर्ने हो । त्यसैले एमाले पार्टी कुनै नेताको वा कार्यकर्ताको भन्दापनि त्यो माधव झलनाथ बामदेव देखि केपीसम्मको सामुहिक नेतृत्व र तमाम कार्यकर्ताको सामुहिक श्रम र लगानी भएको राजनैतिक संस्था बन्नुपर्ने हो । तर उनी हरेक मामला आपूmमा केन्द्रीत गरेर आन्तरिक लोकतन्त्र मात्र धरापमा पारेनन् वल्कि सिंगै पार्टीलाई आफ्नो गुलामहरुको झुण्डको रुपमा बदनामित गरे ।

    केपीले के चलाईरहेछन् ? झुण्ड, मण्डली, गुट, वा पार्टी ?
    पार्टी समुदाय, समाज वा राज्यमा हुने सवैप्रकारको बिभेद, अन्याय अत्याचार मेटाउन, नयाँ युगले ल्याएको नयाँ परिवर्तनकारी चेतनाको प्रशारण गरि राज्यलाई त्यो दिशामा हिंडाउन, वा जाति, भाष, लिंग, क्षेत्र, संस्कार संस्कृति आदिको सामुहिक हित रक्षार्थ नीतिगत निर्णय गर्ने ठाउँमा प्रतिनिधित्व सुनिस्चित गराउने शसक्त माध्यम हो । यसैलाई अभिष्ट मानेर बिभिन्न बेलामा बिभिन्न स्वार्थ समुहले आफ्नो बिचारको अस्तित्ववोध गराउने गतिलो माध्यम हो पार्टी । पार्टीले खासगरी पुरातनको बिकल्पमा नुतनको वकालत गर्छ ! बिभेदको विकल्पमा समानताको पैरवी गर्छ ! बिकृति बिसंगतिको बिकल्पमा सुसंस्कृति र सुसंगत लिपिवद्ध जिवन पद्धति खोज्छ ! भ्रष्टाचार असंगति, अनैतिकताको विकल्पमा सदाचार, सुशासन, र नैतिकताको मियो खोज्छ ! तर केपी वलीमा यी चिजहरु जरायोको ह्वैन खरायोको सिङ्ग खोजेजत्तिकै हो । कुनै कुना कन्दरामा बिधि बिधान, नीति नैतिकता, सदाचार सुशासन पाईंदैन । यस्तो आदर्शविहिन झुण्डलाई

    कसरी पार्टी भन्ने ?
    पार्टीको  एकल अधिनायकत्व नै राज्यको मूल मर्म र धर्मको रुपमा स्थापित गरि लोकतान्त्रिक आन्दोलन, त्यसले ल्याएको परिवर्तनकारी संविधानलाई सिधै उन्लंघन गरे । जव आन्तरिक उल्झन र आफ्नै अकर्मन्यताको भारी पाटीलाई बोकाउने प्रयाश भयो र पार्टीले उनको अपराध बोक्न तयार नभएपछि पार्टी निर्णय, बैठकहरु छल्दै भाग्दै अराजकतावादी चरित्र देखाए । पार्टी एकताको मर्म र त्यसले बोकेको सिद्धान्तको धर्म रक्षार्थ नेतहरु जति लागेपनि असफल सिद्ध हुँदै फागुन २३ गतेको सर्वोच्चको निर्णय पश्चात पार्टी आ–आफ्नो कुम्लो कुटुरो बोकेर बिकेन्द्रीत बने । तर उनको लािग हिजो प्रचण्ड घाँडो थिए आज आफ्नै सगोत्रीहरुपनि घाँडो हुन थाल्यो ।

    लोकतान्त्रिक मर्मले पाटी भनेकै बिपरितहरुको एकत्व, बिचारहरुको बीचमा माझा माझ ताना तानपूर्ण घर्षण नभए पार्टीको जीवन्तता समाप्त हुने कुरालाई इंगित गर्दछ र द्धन्दात्मक भौतिकवादले त्यसलाई जीवन्त वस्तुमा हुने अपरिहार्य परिणती मान्दछ । तर उनी बिरोधीहरुको अस्तित्वलाई स्विकार्नु मृत्युतुल्य मान्दछन् र सामाजिक गति, प्रगतिको महान बाधक ठान्दछन् । आलोचना प्रत्यालोचना, आत्मलोचना र आत्मसमिक्षा त लाग्छ, उनको डिस्नेरीमै छैन । तर उनी अरुलाई रौंचिरा हेरि हेरी उडाउन, हेला होचा गर्दै सत्तो सराप गर्न माहिर छन् । उनी बहसमा रुची लिंदैनन् तर आदेश, निर्देशन र भाषणद्धारा आफ्नो ब्यक्तिगत योजना पस्कन्छन् । अनि कसरी नीति योजनाकार्यक्रमले जनताको भावनाको प्रतिनिधित्व गर्न सकोस् ?

    फागुन २८ गतेको निर्णय पश्चात त उनले पार्टी चलाएनन् उनले गुट चलाए बिपक्षीहरुलाई तह लाउने नाममा फरक मतलाई सम्पूर्ण रुपमा निषेध गरि पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई समाप्त पारे । त्यहाँका पचासौं वर्ष योगदान गर्ने नेता कार्यकर्ताहरुलाई बिचार स्वतन्त्रतावाट बञ्चित गरेर उनले हुकुमि शैलीको संस्थागत गरे । अनुशासनको छडी लगाएर उनलाई पाखामा गोरु खेदेजस्तै खेदे । के यसरी फरक मतको अस्तित्वलाई अस्विकारेर चलाउने पार्टीले आम नागरिकहरुको लोकतान्त्रिक अधिकारको रक्षा गर्छ ? जवकि आफ्नै पार्टीभित्र अधिनायकवादको अभ्यास गर्नेले लोकतन्त्रको मर्म कसरी लागु गर्छ ? खासगरि राज्यका सवै अवयवहरुलाई आपूm अधिनस्थ बनाएर आफुलाई अलोकतान्त्रिक त सावित गरे गरे, फरक मतको अवहेलना र तिरस्कारद्धारा उनले पार्टीका अस्तित्व मेटाएर गुटमा अफुलाई केन्द्रीत गरे । अझ फागुन २८ गतेका निर्णयका सर्वाधिकार आपूmमा केन्द्रीत गरेपछि त उनले गुटकोपनि अस्तिित्व मेटाएर केवल मण्डलीमा सिमित गराए । त्यसकारणले केपी वली कुनै एमाले बिमालेका नेताको रुपमा होइनन् उनी केवल एकल जातीय नश्लवादी प्रतिगामी देशी बिदेशी स्वार्थमा देशको सर्वाभौमिकतामाथि पटक पटक छुरा रोपिरहने अतिक्रमणकारीहरुको भरौटेको रुपमा सिमित रह्यो भने उनको वरपर हिड्ने झुण्ड केवल भजनमण्डलीको रुपमा आफुलाई स्थापित गर्दैछ । किनकि नेताको कमजोरीमा बैचारीक प्रहार गर्ने अधिकार शुन्य, राष्टिय जीवनको वकालत गर्न नसक्ने, सामाजिक आवश्यकतावोध र सिर्जना पस्कन नसक्ने र केवल उनको वाच्य दुर्वाच्यमा ताली पिट्न मात्र अभ्यस्तहरुलाई मात्र “आफ्नो” मनेका छन् । यस्तहरु जतिसुकै तार्किकरुपले जतिसुकै सक्षम रहेपनि जतिसुकै बुद्धिजिवी भएपनि सामाजिक छवीलाई जतिसुकै राष्ट्र अन्तराष्ट्रिय रुपमा प्रश्तुत गरेपनि त्यस्ता आलोचनात्मक दृष्टिशुन्य कार्यकर्ताहरुलाई कार्यकर्ता भनिंदैन केवल झोले, दाश, वा हनुमान मात्रै भन्न योग्य छ । त्यस्ताहरु संख्यामा जतिसुकै भएपनि, तागत र हैसियतमा जस्तोसुकै भएपनि उनीहरुको क्षेत्राधिकार केवल हरेराम गाउनु नै मात्र हो ।

    मित्रहरुलाई चित्त दुख्न सक्छ,“मण्डली त केवल धर्मसंग सम्वन्धित शब्द हो !” केपी वलीले नेतृत्व गरेको यत्रो ईतिहास वोकेको यत्रो राजनैतिक अधिकारसहितको राजनीतिक पार्टी कसरी “मण्डली” बन्न सक्छ ? मित्रहरु चित्त नदुखाउनुस् पार्टी बन्न उत्पिडितहरुको पक्षमा सिमान्तकृतहरुको पक्षमा बर्ग क्षेत्र, लिंग, अल्पसंख्यक समुदाय, भाषा, संस्कृति, लगायतको सम्पूर्ण उत्पिडितहरुको पक्षमा उनीसंग कुनै ऐजेण्डा छ ? कुनै परिवर्तनकारी ऐजेण्डा जोडिएको भए, कुनै सामाजिक आर्थिक ऐजेण्डा जोडिएको भए, उनको झुण्ड सार्न भएपनि पार्टी भन्न सकिन्थ्यो । देश र जनताको हरेक प्रकारको संकटको मोडमा उनी जनताको आवश्यकताको विपक्षमा उभिन्छन्, उनको अर्थमा जातीय, भाषिक, धार्मिक, वा सामाजिक बिभेद गर्न पाउनु यहाँको सनातनको रक्षा गर्नु हो । भ्रष्टाचार अनैतिकता, अराजकता सक्नेले गर्ने नसक्नेले हेरी बस्ने यहाँको परम्परागत रिति हो त्यसैले यसको रक्षा गर्नु नै राज्यको महान कर्तव्य हो । त्यसैले उनी केवल उत्पिडितहरुको चित्कारलाई अवमुल्यन गदै उनीहरुकै बिरुद्धमा उत्पिडिकको पक्ष लिएर सत्ताको दुरुपयोग गर्ने कला मात्र प्रश्तुत गर्ने र उत्पिडितहरु बिरुद्धको दमनकारी अभियानको रक्षा गर्नुलाई नै आफ्नो अभिष्ट ठान्दछन् अनी कसरी उनको झुण्डलाई “फलाना पार्टी” भन्ने ? यो कोणवाट हेर्दा उनले पार्टी बनाएका र चलाएका होइनन् केवल पेरुमा फुजीमोरीले रोण्डरो बनाएजस्तै अपराधिक ग्याङ्ग बनाएका हुन् । पञ्चायतले मण्डले बनाएजस्तै आफ्नो रक्षाकवच बनाएका हुन् । जसलाई साधन श्रोत र शक्तिको हिसाव लाउँदै पार्टीको रुपमा दर्ज गर्न सकिंदैन ।

    पार्टी बन्न सत्ता वा पुरातन समाजले बनाएका सवैप्रकारका बिभेदकारी नीति संस्कृति र चाल चलनहरुको समयानुकुल विकल्प हुनु पर्छ । समाजमा चलेका सवैप्रकारका कुरिति कुसंस्कृतिको विकल्प हुनु पर्छ तर उनी त्यही कुरिति र कुसंस्कृतिको रक्षालाइ आफ्नो गन्तव्य बनाएका छन् । त्यसको जयगान गाउँदै बिश्वमा आएको नुतन बिधि प्रविधि, ज्ञान बिज्ञानलाई खिल्ली उडाउन मस्त छन्, अनि कसरी उनको भजनमण्डलीलाई पार्टी नामाकरण गरौं ? उनले पार्टी, संस्था वा संगठन चलाएनन् । उनले त केवल राष्ट्रमा भएको आधुनिक नवनिर्माणकारी संस्कृतिको, बिधि बिधानको समुल नष्ट गरेर पुरातन सामन्ती संस्कृृति, अर्थनीति र राजनीतिको पुनरउत्थान गरेर फेरीपनि मध्य युगीन वरवर्तातिर समाजलाई धकेल्ने कोशीस गरिरहेका छन् । जसको लागि हजारौंको बलिदान, लाखौंको त्यग र करोडौंको योगदानवाट प्राप्त उपलव्धी गुम्नुसंग उनको दुखेसो होइन हाँसो मजाक र सुखानुभूति गाँसिएको छ ।

    त्यसैले पद प्रतिष्ठा र केही सिमित अवसरहरुको लोभ र आशाले पार्टी नामको मण्डलीमा लाग्ने मित्रहरुसंग बिनम्र आग्रह छ, तपाईहरु आफ्नो समय, सामथ्र्य र बल बुता लगाएर समानताको वकालत गर्नुस् सामाजिक न्याय र अग्रगमनको पैरवी गर्नुस्, पुरातन होइन नुतनको जगेर्णा गर्न कम्मर कस्नुस् त्यसले तपाईको सन्ततीको भविश्य आजको जस्तो पराधिन होइन स्वाधिन बनाउने छ, आजको जस्तो परनिर्भर होइन स्वनिर्भर स्वाभिमानी नेपाली बनेर बिश्वमा शिर ठाडो बनाउने छ । नत्र होइन भने उनको पछि लाग्दा सिमित अवसर पाईन सक्छ, तर उनको प्रतिगामी चरित्र र उनको बिचारशुन्य, योजना र नीति कार्यक्रम शुन्य अधिनायकवादी शैलीले न त बिधि बिधानको रक्षा गर्छ नत तपाईहरुके स्वविवेकीय स्वभिमानको रक्षा नै गर्नेछ । केवल उनको स्वार्थको भरिया र आफ्नै सन्ततीको उज्यालो भविश्यको मलामी बन्ने निश्चत छ । जो मर्जी !

    प्रतिकृया दिनुहोस्

    एमालेको जागरण सभाका कमान्डर नै कम्बोडिया प्रस्थान, पूर्व गृहमन्त्रीका पिएको यस्तो प्रश्न

    सत्तारुढ दल नेकपा (एमाले)ले मंसिर ७ मा गर्ने जागरण सभाको कमान्डर नै कम्बोडियातर्फ लागेका छन्...

    उपनिर्वाचन : काँग्रेस-एमाले संयुक्त उम्मेदवार पछि हटेपछि माओवादी केन्द्र निर्विरोध निर्वाचित

    मंसिर १६ मा हुने उपनिर्वाचनको मतदान अगावै नेकपा(माओवादी केन्द्र)ले बिजय प्राप्त गरेको छ । उम्मेदवारी...

    चर्चित अभियन्ता दुर्गा प्रसाई पक्राउ,

    मेडिकल व्यवसायी एवं चर्चित अभियन्ता दुर्गाप्रसाद प्रसाई पक्राउ परेका छन् । मंगलवार अपराह्न भक्तपुरको मध्यपुर...

    भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न, अक्सफोर्ड दोजाङ प्रथम

    भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, जिल्ला कार्यसमिति भक्तपुरले...

    क्यासिनो माजोङ्ग चौथो पटक पनि दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो सावित

    काठमाडौको सोल्टि होटल परिसरमा रहेको क्यासिनो माजोङ्ग चौथो पटक पनि दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो सावित...