News Portal

  • मेयर र उपमेयर नारायणहिटीमा

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, २३ बैशाख २०७८
    ६६४ पटक
    काठमाडौं, २३ बैशाख २०७८

    काठमाडौँ महानगर भित्र आइसोलेसन सेन्टर तथा कोविड उपचार सहकार्यका मेयर बिद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ सहितको टोलीले उपत्यका पृतनापतिसंग छलफल गरेका छन्।

    नेपाली सेना उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा आज बसेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, पृतनापति उपरथी आनन्द अधिकारी, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहितका अधिकारीविच भएको बैठकमा प्रमुख शाक्यले आइसोलेसन जस्ता संरचना बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापन गर्न कठिन हुने भएकोले महानगरले संस्थागत सहकार्यमा संयन्त्र बनाउनु पर्ने धारणा राखे।

    त्यस क्रममा उपत्यकामा बढिरहेको कोविडको संक्रमण रोकथामका नेपाली सेनाले गरिरहेको काम र थप प्रयासका बारेमा छलफल भएको थियो ।

    छलफलमा आइसोलेसन सेन्टर सञ्चालन गर्न नेपाली सेनासँग महानगरको सहकार्य, स्रोत परिचालन, अहिले नेपाली सेनाले गर्दै आएको शव व्यवस्थापनमा महानगरको सहयोग, वीरेन्द्र सैनिक अस्पताल र महाङ्काल स्थित अस्पतालमा कोविड वार्ड सञ्चालन गर्नेलगायत बिषयमा छलफल भएको थियो ।

    त्यस क्रममा पृतनापति उपरथी अधिकारीले भने, ‘कोविड व्यवस्थापनमा नेपाली सेनाले सक्रियताका साथ काम गरिरहेको छ ।’ महामारी रोकथामका थप प्रयासका विषयमा कुरा गर्दै उनले भने, ‘अवस्था, सहजता र अनुकुलता हेरेर निर्णयहरुको समीक्षा र सुधार गर्दै जानुपर्छ ।’

    अहिले अक्सिजनको अभाव छैन । तर, चाहेको ठाउँमा पु¥याउन कठिन हुन सक्छ । व्यक्ति तथा उद्योगहरुले सिलिन्डर संचय गरेकाकारण यस्तो अवस्था आएको हो । बैठकमा उपरथी सीताराम खड्काले भने, अहिले अस्पताललाई पहिलो प्राथमिकता र उद्योगलाई दोस्रो प्राथमिकतामा राखेर अक्सिजन वितरण व्यवस्थापन मिलाउने हो भने समस्या देखिँदैन । खड्काले नेपाली सेनाकातर्फबाट सीसीएमसीमा प्रतिनिधित्व गर्छन् ।

    बैठकमा पृतनाका चिफ अफ स्टाफ सहायक रथी कुमार लामा, मेडिकल सर्भिसका महानिर्देशक उपरथी देवेन्द्रबहादुर खत्री, सेनानी राजनसिंह अधिकारीसहित पदाधिकारीहरु सहभागी थिए ।

    वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कोविड नभएका विरामीको पनि उपचार गर्नु पर्ने भएकोले कोविडका लागि करीव २ सय वेड स्थापना गर्न सकिने बैठकमा बताइएको थियो । यसै गरी आवश्यकता र जटिलताका आधारमा महाङ्कालस्थित अस्पताल सञ्चालन गरिने अधिकारीहरुको भनाइ थियो ।

    प्रमुख शाक्य, उपप्रमुख खड्गी श्रेष्ठ, वडा ३ का अध्यक्ष दिपक के। सी। सहित अधिकारी सहित टोलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नवनिर्मित भवनमा कोविड उपचार कक्ष बनाउने विषयमा निरीक्षण गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...