News Portal

  • हिमालयन लायन्स क्लबको पदस्थापना तथा चार्टर्ड नाइट कार्यक्रम

    भक्तपुरपोस्ट संवाददाता अमेरिका, २४ वैशाख २०७८
    ८७४ पटक
    अमेरिका, २४ वैशाख २०७८

    हिमालयन लायन्स क्लब न्युईग्ल्याण्ड को ११औ चार्टर्ड नाईट एवं लायन्स बर्ष २०२१/२०२३ को पदस्थापन कार्यक्रम गत अप्रिल ३० गतेको साँझ जूम प्रबिधि प्रयोग गरि सम्पन्न भयो। क्लबका प्रथम उपाध्यक्ष राजेन्द्रलाल श्रेष्ठ (गोबर्धन पूजा) को सभापतित्वमा र वहाँकै स्वागत भाषणबाट शुरू भएको कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३३ के डिष्ट्रिक गवर्नर डा. डेबी ओएनी र मुख्य अतिथि न्युली इलेक्टेड गवर्नर पेग नेड्री थिए भने बिषेश अतिथिमा रिजन चियर केन चिया र जोन चियर एन्थोनी बोलिओला रहेका थिए ।

    कार्यक्रममा चार्टर अध्यक्ष महेश्वर पन्तले लायन्स क्लव अन्तर्राष्ट्रले कसरी समुदायमा सेवा दिन सक्छ र लायन्सले के काम गर्नुपर्छ भन्ने बिषयमा प्रष्ट पारेका थिए भने ईमिडिएट पाष्ट प्रेसिडेंट राम थापाले आफ्नो कार्यकालको अनुभव शेयर गरेका थिए । उक्त कार्यक्रममा अतिथि लगायत उपस्थित सम्पूर्णको परिचय, सचिव तथा कोषाध्यक्षले बार्षिक प्रतिवेदनको प्रस्तुति लायन थानिरत्न कँडेलले गरेका थिए ।

    नव निर्वाचित अध्यक्ष सुशील नेपाल र सचिव बिनोद ऊप्रेती लाई डिष्टिक गवर्नरबाट, प्रथम उपाध्यक्ष राजेंद्र लाल श्रेष्ठ , दिप्तीय उपाध्यक्ष थानीरत्न कँडेल, तृतीय उपाध्यक्ष चन्द्र मल्ल र कोषाध्यक्ष शान्ती जोशीलाई इन कमिंग गवर्नर पेग नेड्रीबाट, मेम्बरशीप चियर नवीन ऊप्रेती र एल.सि.आइ.एफ. कोअर्डिनेटर बिनोद सुबेदीलाई रिजन चियर केन चिया बाट र क्लब मार्केटिंग एण्ड कम्यूनिकेशन चियर दिनेश पाण्डेय एवं क्लब सर्भिस चियर आशुलक्ष्मी राजभण्डारी लाई जोन चियर एन्थोनि बोलीओलाले सपथ गराएका थिए।

    पदस्थापन पश्चात नव निर्वाचित अध्यक्ष सुशील नेपालको सभापतित्वमा अगाड़ी बढेको कार्यक्रममा एन.आर.एन.ए. यू.एस.ए.म्यासाच्यूसेट च्याप्टरका अध्यक्ष प्रेम तामांगले नव निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना ब्यक्त गरे ।  नव निर्वाचित सचिव र कोषाध्यक्षले आ-आफ्नो आगामी बर्षको अनुमानित कार्यक्रम पेश गरेका थिए। स्मरण रहोस् हाल क्लबमा सकृय सदस्य २५ जना र १ जना एसोसिएट सदस्य रहेका छन्। महिला कोअर्डिनेटरमा लायन मान्ती कुमारी चयन भएकि छन् ।

    सन्  २०१० मा स्थापित यस हिमालयन लायन्स क्लवले बर्षेनी ‘ब्याक टू स्कूल प्रोग्राम’ अन्तर्गत नेपालमा दुखी गरीब विद्यार्थी अध्ययनरत स्कूललाई १५०० डलर वरावरको अक्षयकोष प्रदान गर्दै आईरहेकोमा यस बर्ष कोटही आधारभूत स्कूल रूपन्देही नेपाल लाई प्रदान गरिएको थियो। ११औ चार्टर नाईटको अवसरमा समुदायबाट संकलित ५०० डलर मा हाफ म्याच गरी क्लवले २५० डलर थपेर ७५0 डलर नेपालमा क्यान्सर पिडित लाई राहत स्वरूप प्रदान गर्न क्लवका चार्टर अध्यक्षलाई उपलब्ध गराईएको थियो! उक्त कार्यक्रम सचिव एवं कोषाध्यक्ष थानीरत्न कँडेलले संचालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...