News Portal

  • राष्ट्रिय सभा निर्वाचनमा बादल र देवकोटासँगै नेमकिपाका तामाङको पनि उम्मेदवारी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,२०७८ वैशाख २५
    १००२ पटक
    भक्तपुर,२०७८ वैशाख २५

    जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । यस पदका लागि सत्तारुढ दल नेकपा (एमाले)बाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादलले उम्मेदवारी दिएका छन् ।

    विपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतको समर्थनमा एमालेकै माधव झलनाथ पक्षबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दिएका छन् । राष्ट्रियसभा सदस्यका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पनि उम्मेदवारी दर्ता गराएको छ ।

    काभ्रेका कृष्णबहादुर तामाङलाई राष्ट्रियसभा सदस्यको उम्मेदवारका रुपमा नेमकिपाले उभ्याएको छ । तामाङ नेमकिपाका केन्द्रीय सदस्य हुन् । तामाङको प्रस्तावकमा नेमकिपाका प्रदेश सांसद सुरेन्द्रराज गोसाईँ र समर्थकमा प्रदेश सांसद सिर्जना सायँजु रहेकी छिन् ।

    नेमकिपाका उम्मेदवारले आफूलाई जित र हारसँग सरोकार नरहेको प्रष्ट पारे । उम्मेदवारी दर्ता गराएसँगै तामाङले हारजित जे भए पनि आफू पार्टीको निर्देशन अनुसार चल्ने बताए । पार्टीको निर्देशन अनुसार आफूले उम्मेदवारी दिएको भन्दै देश र जनताको लागि काम गर्ने प्रतिवद्धता उनले जनाए ।

    गृहमन्त्री थापाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । उनले बागमती प्रदेशमा भएकोे ९ हजार ५६४ मतमध्ये पाँच हजार १३० मत एमालेको रहेको भन्दै जित सुनिश्चत रहेकोे दाबी गरेका हुन् ।

    विपक्षी दलबाट उम्मेदवारी दिएका डा.देवकोटाले आफ्नो पछाडि नेकपा (माओवादी केन्द्र) र कांग्रेस मात्र होइन, सिंगो मुलक नै साथमा रहेको बताए । अहिले संविधान र व्यवस्थालाई सरकारले धेरै कमजोर बनाएको उनको आरोप छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...