प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास गुमाएसंगै विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आग्रह गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्तरुपमा एक बिज्ञप्ती जारी गर्दै उक्त आग्रह गरेका हुन् ।
उनीहरूले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्ति प्रक्रिया थाल्न राष्ट्रपतिलाई आग्रह गरेका छन् ।