News Portal

  • सरकारको लाचारीबीच पनि कोरोनाबाट बाँच्ने आशा बढ्दै

    पदम श्रेष्ठकाठमाडौं, २९ बैशाख २०७८
    ९४५ पटक
    काठमाडौं, २९ बैशाख २०७८

    सजिलोमा सबै हुन्छन् हुनुहुन्न मपाँई,अप्ठ्यारोमा साथी बनौं हामी अनि तपाई भन्ने मूल नाराका साथ राष्ट्रबादी केन्द्र नेपाल गोदावरी लेले ललितपुर शाखाले डोर टु डोर रक्तदान अभियान थालेको छ । कोरोना प्रभावित तथा अन्य रोगका विरामीका लागि रगत अभाव हुदै गईरहेको स्थितिलाई ध्यानमा राखि बिहान ८ बजेदेखि १० बजे सम्म घर घर पुगि थालिएको रक्तदानमा १६ जनाले रक्तदान गरेको अभियन्ता रमण श्रेष्ठले जानकारी गराएका छन् ।

    अभियन्ता गणेश खड्काको संयोजकत्वमा थालिएको अभियानमा रक्तदाताहरुलाई ल्वड डोनर्स एशोसिएशन ललितपुरका अध्यक्ष तथा केन्द्रका अभियन्ता साधुराम महर्जनले प्रमाणपत्र प्रदान गर्नु भएको थियो । उहाँले घर घरमा सुरक्षित ढङगबाट रक्तदान गर्ने अभियानलाई सबै सामाजिक संघसंस्था मिली देशव्यापी बनाउन सके जसरी यो सम्बेदनशिल स्थितिमा रगतको अभाव देखिएको छ त्यो समस्याबाट निकास पाउन सकिन्थ्यो भन्नुभयो । यहि सत्यतालाई हृदयमगम गरी नेपाल खड्गी सेवा समितिले यहि बैशाख २७ गते गर्ने भनिएको नाय दिवस कोरोनाको कारण नहुने भएपछि सोहि दिन बसन्तपुर खुल्ला डवलीमा बृहत रक्तदान तथा ल्पाज्मा दान गर्ने भएको छ । कोरोना प्रभावितलाई उपचार गर्ने सफल उपचार पद्धती ल्पाज्मा थेरापि भएकोले हाम्रो सामाजिक संस्था खड्गी सेवा समितले खुल्ला डवलीमा खुल्ला रक्तदान तथा ल्पाज्मा दानको अभियानलाई थालेको संरक्षक मनोज नेवाः खड्गीले जानकारी गराउनुभयो । समितिकी अध्यक्ष अञ्जिता खड्गीले रक्तदान अभियानलाई सम्पर्कको माध्यम भएपनि बनाएर अघि बढ्ने सोच बनाएको बताउनुभयो । अप्थ्यारोमा रक्तदान वा ल्पाज्मा दान गर्न चाहनेको थर ठेगाना राख्ने र आवश्यक व्यक्तिलाई सम्पर्क गराएर सहजकर्ताको भुमिका खेल्ने अध्यक्ष खड्गीले बताईन ।

    जसरी गत वर्ष चीनको बुहान शहरबाट कोरोना फैलिदा त्याहाँबाट ल्याईएका १५ जना विद्यार्थीहरुलाई सुरक्षित क्वारण्टाईनमा राखेर सुरक्षित निकास दिएका थिए त्यसैगरी भारतबाट नेपाल छिर्नुहुनेहरुलाई भुटान वा सिक्किमले जस्तै नाकावन्दी गरी व्यबस्थित क्वारण्टाईनमा राखिदिएको भए देशले यो दुर्दशा भोग्नु पर्दैन थियो हाम्रो टिम नेपाल,समाजबाद अध्ययन केन्द्र नेपाल,युथ फर नेशनलगायतका सामाजिक संस्थाहरु प्रतिकृया व्यक्त गर्दछन् । कोरोनाबाट बचाउने उपाय देखाईदेउ भन्दै जनता याचना गरिरहेको बर्तमान अवस्थामा सरकार बेमौसमी बाजा जस्तै सत्ता हेरफेरको खेलमा लागिरहेको छ । सरकार पक्ष प्रतिपक्ष दुबै कोरोनाबाट जनताको ज्यान जोजाउनु भन्दा सत्ता जोगाउनु ठुलो पौरुषता थानेर लागिरहेको अवस्थामा हाम्रो टिम नेपालले सर्वसाधारणको लागि
    ९८५११०२६५२ , ९८५११०२६५३ ,९८४१६६९१७० ,९८५११६६४३७ ,९८५११०२६५४ फोन सहित निःशुल्क अक्सिजन उपलब्ध गराएर बाच्ने आधार सुरक्षित गराईदिएको छ । त्यसैगरी सरकारले गर्नु पर्ने जनता बचाउको कार्य समाजवाद अध्ययन केन्द्र भक्तपुरले ९८५१०२३७७५ ,९८५१०१५३९६ मार्फत र युथ फर नेशनले ९८६१११६४५६ ,९८५७०३०८८७ ,९८४१३०९५९९, ९८६३३२२७९३ ,९८४७३०९०३ फोन मा सम्पर्क राखे निःशुल्क ५०० वटा अक्सिजन सहितको वेड उपलव्ध गराएको छ ।

    कोरोना महामारीको यो विपदको घडिमा पैसा हुनेका लागि दिनको पाँच हजार देखि पचासौं हजार रुपियाँ सम्मका डिलक्स अस्पतालहरु संचालन रहेका बेला आर्थिक रुपमा विपन्न विरामीहरुले के गर्ने त प्रश्नको जवाफमा जनस्तरबाटै संगठित समुहले ९८५१२७७३४२ , ९८५१२३९३४२ ,९८५१३१२४१७ फोन नमर सहित निःशुल्क एम्बुलेन्स संचालनमा ल्याएको छ ।

    यी त भए आपतविपदमा के गरी सुरक्षित अस्पताल वा आईसोलेशन केन्द्र सम्म पुग्ने जनस्तरबाट स्वस्फुर्त संचालित सेवाहरु तर विश्वव्यापि रुपमा फैलिरहेको कोरोना भाईरसलाई लाग्नै नदिने र लागिसकेपछि कसरी बच्ने भन्ने बारे पनि सामाजिक सञ्जाल वा जनस्तरिय सुझवहरुलाई मनन गर्दा बाँच्ने आशाहरु बढ्छ अवश्य । तर सामाजिक सञ्जालमा आएका सबै उपायहरु अबलम्वन गर्दै अगाडि बढ्दा नकारात्मक प्रभाव पर्नपनि सक्छ । डा. योगी विकाशानन्द भन्नुहुन्छ , कोरोनाबाट बच्न ज्वरो कम गर्न गुर्जु, ज्वानोको चिया पिउन सबैले सबैलाई सल्लाह दिईन्छ तर त्यो ठिक होईन । किनकी प्रेसर हाई भएकाले गुर्जु र कव्जियतको सिकायत गर्नेले ज्वानो खानै हुदैन तर जुनसुकै रोग भए नभएकालेपनि दिनहु दालचिनी,मरिच,अदुवा,बेसार,महको मात्रा मिलाएर चिया पिउने र बेलुका सुत्ने वेलामा दुधमा बेसार,मह मिलाएर पिउदा शरिरमा भएका विकार नाश गर्दछ ।

    डा. योगीको सुझाव छ, दिनहु तातो पनि पिउने, बाबरीको तातो पानीमा बाफ लिने र जलनेती बिधि गरेर नाक सफा गर्ने र बेलुकी सुत्नु अघि नाकमा नरिवल तेल वा गाईको घिउ दलेर सुत्दा आन्तरिक शक्ति बढाउनुका साथै कोरोना भाईरस नाकबाट पस्न नदिने हुन्छ । साथै कोरोना रोगिले छिट्टो पच्ने तर उर्जा धेरै दिने खान्की फलफुल,कागती सुन्तला,मुङगको छाता दाल,नयाँ दहि, रातो क्याप्सिकम, टुसा उम्रेको चाना गेडागुडिको क्वाटी, सावुदाना पालैपालो खानामा समाबेस गर्ने र योग ध्यान व्यायाम गर्ने गर्नु पर्दछ ।

    डा.कृष्णकुमार श्रेष्ठले त खानपान भन्दा रहनसहनमा बढी जोड दिदै भन्नुहुन्छ,काठमाडौं उपत्यकाको भित्री शहरहरुका कोठाहरु कोरोना प्रभावित विरामीलाई क्वारण्टाईनमा राख्न कुनैपनि हालतमा योग्य छैनन, यसका लागि हरियाली बातावरण, खुल्ला झयालढोका भएको कोठा पहिलो अनिवार्य सर्त हो ।
    सके सम्म खाना पकाउने एउटै कोठामा नगर्ने किनभने एउटै कोठामा खाना पकाउँदा कार्वन बढी उत्पादन भई अक्सिजन कम हुन गई विरामी निकोहुन समय लाग्न सक्छ । बरु अक्सिजनको मात्र बढाउन कोठामा बाटा आदि भाडामा पानी भरेर खुल्ला राख्ने र वाफ दिनकै दुई पटक लिनु पर्दछ ।
    केरोना बारे वज्रयान एजुकेशनका तर्फबाट राजेन्द्रमान बज्राचार्यभन्नुहुन्छ , कुनैपनि कर्मकाण्ड ,पुजामा नभई नहुने दाफा स्वाँ –(चमेलीको फुल ),हरियो दुवो र धनियाको रसमा भृङगराजको रस दिनहु मात्रा मिलएर दुई वा तीन पल्ट खाएमा रगत पातलो बनाएर कुनैपनि रोग प्रतिरोधात्मक शक्ति बढ्न गई रोग लाग्नै नदिने दावी गर्नु हुन्छ । रोग लागिसकेकाहरुले चाहि रस सेवनका साथ साथ दिनको एकघण्टा पिपलको रुख मुनी बस्ने, तेजपातको चिया, भुतेको तोरीको तेल मात्र प्रयोग गर्ने गर्नु पर्दछ ।

    सामाजिक सञ्जालमा कोरोनाबाट बच्ने उपायकाबारे दिईने तथ्यहरुले बाँच्ने आशालाई दुई गुणा बढाईदिएका टिप्सहरुमा बाबा रामदेव र द्धारा सार्वजनिक गर्नुभएको कोरोनिल र संसारी आर्युवेदिक औषधि पनि हो । दिनहु आलुलम, विलोक ,भष्ट्रिका योग गर्ने , नाकको सफाई जलनेती गर्ने , गिलोई ( गुर्जु ) , अस्वगन्धा , तुलसीको पात को चिया पिउने र कोरोना लागिहाले कोरोनिल सेवन पनि हो । कोरोनाको औषधि भनि दावी गरिएको टिप्समा १२ वर्ष भन्दा मुनिकोलाई आधा गोली ,माथिकालाई १ गोली र कोरोना प्रभवितलाई दिनको २ गाली खाना अधि र खाना पछि भनिएको छ ।

    त्यसैगरी सामाजिक सञ्जालमा डा. अशोक सक्सेनाले कोरोनाका कारण अक्सिजनको कमिभई स्वास फेर्न गाहो भैरहेकोले हत्केलाको माझी औंलाको तल , हातखुटटाका सबै औंलाहरुमा प्रेशर गरी दवाउँदा फोक्सोमा अक्सिजन तान्न सक्ने शक्ति बढ्न गई कोरोनालाई पराष्ट गर्ने शक्ति बढ्ने निश्चित गर्नु भएको छ भने डा. संजिवकुमार हैदरावादले फोक्सोमा अक्सिजनको कमिलाई बढाउन घोप्टो परेर सुत्ने र लामोलामो स्वास फेर्नुपर्ने उपाय सुझाउनुभएको छ । जे होस कोरोनाको दोस्रो लहरबाट मान्छेहरु जुन रुपमा अत्तालिएका छन् त्यति अत्तालिनु नपर्ने तथ्यहरु ९८ प्रतिशत कोरोना प्रभावितहरु निको हुनुले पनि प्रमाणित गर्दछ भने विश्वमा विभिन्न अनुसन्धानपछि कोरोना विरुद्धको भ्याक्सिनहरु प्नि प्रशस्त आईसकेकोले महामारीबाट बाँच्ने आशा बढ्दै गईरहेको छ तर प्रत्येक व्यक्ति कोरोना प्रति भने सचेत सजग भने भैरहनुपर्छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...