News Portal

  • दोश्रो इनिङ्गमा कोभिड १९ विरुद्ध राज्यको सबै सामर्थ्य लगाउने प्रधानमन्त्रीको प्रतिवद्धता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३१ बैशाख
    ६६७ पटक
    भक्तपुर, ३१ बैशाख

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणका कारण देशमा उत्पन्न महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य लगाउने बताएका छन् । प्रधानमन्त्री पदमा पुन : नियुक्त भएपछि पदभार ग्रहण गर्दै उनले सो कुरा बताएका हुन् ।

    संसद बाट विश्वासको मत नपाएपछि र प्रतिपक्षी दलले बहुमत दावी गर्न नसकेपछि उनी पुन प्रधानमन्त्री नियुक्त भएका हुन् । साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ ग्रहण गराएसंगै उनले पदभार ग्रहण गरेका छन् ।

    उक्त अवसरमा प्रधानमन्त्री ओलीले कोभिड–१९ महामारी नियन्त्रणमा सरकारका सबै सामथ्र्य केन्द्रित गरिने प्रतिवद्धता प्रकट गरे । कोरोना महामारीका बेला प्रधानमन्त्री सत्ताको जोडघटाउमा लागेको आलोचना भैरहदा उनले उक्त प्रतिवद्धता प्रकट गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले महामारीको अहिलेको समयमा सेवा भावका साथ सहयोग गर्न आग्रह गरेका छन् । उनले मुलुकका सबै अक्सिजन उद्योग पूर्ण क्षमतामा चलाउन पनि आग्रह गरेका छन् । अक्सिजन ढुवानी र वितरणलाई व्यवस्थित बनाउने भन्दै प्रधानमन्त्री ओलीले आवश्यकता र विरामीको चापका आधारमा अक्सिजन पाउने व्यवस्था गर्ने पनि बताएका छन ।

    महामारीका बेला स्वास्थ्य सामग्री, औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा भ्रष्टाचार र अनियमिता गर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने पनि प्रधानमन्त्री ओलीले बताएका छन । उनले यस्ता गतिविधि नियन्त्रणमा लाग्न सरकारका अंगहरुलाई निर्देशनसमेत दिएका छन ।

    प्रधानमन्त्री ओलीले सबै नेपालीलाई यथाशीघ्र कोभिड– १९ विरुको खोपको व्यवस्था गर्ने र उद्योग व्यवसायमा कोभिड–१९ को प्रभाव न्युनीकरणका लागि सहयोग गर्ने बताएका छन ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...