News Portal

  • आज अन्तराष्ट्रिय परिवार दिवस

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,१ जेठ २०७८
    २४२९ पटक
    भक्तपुर,१ जेठ २०७८

    आज अन्तराष्ट्रिय परिवार दिवस, परिवारको स्वास्थ हेरविचार तथा परिवारको एकताको महत्वका साथ हरेक वर्ष मे १५ को दिन यो दिवस विश्वव्यापी रुपमा मनाइन्छ ।

    संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरे यता विश्वभर परिवार, व्यक्ति, समाज र संस्कृतिको महत्व दर्शाउन संयुक्त राष्ट्रसंघले शुरु गरेको अभियानलाई विश्वव्यापीरुपमा मनाउने गरिएको छ । सन् १९९५ देखि भने हरेक वष यो दिवस मनाउने गरिएको छ ।

    विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा प्रभाव पार्दै आएको सामाजिक, आर्थिक संरचनामा परिवर्तन गर्ने उत्तरदायित्व स्वरुप परिवार दिवस मनाउने गरिएको हो ।

    सन् २०१५ सेप्टेम्बर २५ तारिखका दिन संयुक्त राष्ट्र संघका १९३ सदस्य राष्ट्रहरुको सर्वसम्मतिले दिगो विकास लक्ष्य (एसडीजी) लाई अपनाएर जसमा गरिवी ,भेदभाव , दुरुप्रयोग र रोकथामकारी मुत्युलाई अन्त्य गर्ने तथा बातावरणीय विनाशलाई सम्बोधन गर्नका लागि १७ बुंदाको मार्गनिर्देशन पारित गरेको थियो ।

    यो वर्ष कोरोना भाइरसको कारण विश्व नै भाइरसको शिकार भएकोले विश्व परिवार दिवस दिवसका गतिविधिहरु बन्द गरेको छ । यो समय परिवार संगै रहने भएकोले पनि परिवार प्रति माया सद्भावका साथ कोरोना भाइरससंग लड्न सक्ने सामर्थ्य प्राप्त होस् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...