नेकपा एमालेका नेता योगेश भट्टाराईले सामाजिक सञ्जालमा स्टाटस राख्दै नेपाल समूह लाई आफूले साथ नदिएको खुलासा गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु।
नेकपा एमालेको माधव पक्षका २६ सांसदले विपक्ष गठनबन्धनमा नेपाली काँग्रेसको नेता शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेपनि भट्टाराईले भने गरेको थिएनन् । आफूले नेकपा एमालेको एकता जोगाउन सकिन्छ कि भनी आजको हस्ताक्षर नगरको बताएका छन् ।