News Portal

  • विद्या-ओलीलाई गोबर उपहार

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, ९ जेठ २०७८
    ६५९ पटक
    काठमाडौं, ९ जेठ २०७८

    राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोबर उपहार पठाइएको छ। प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाएको हो ।

    ‘ओली–विद्या गठबन्धन’ ले मध्यरातमा संविधानको चीरहरण गरेको विरोधमा सांकेतिक विरोध स्वरुप उनीहरुलाई गोबर उपहार पठाइएको नेविसंघले जनाएको छ।

    बानेश्वरमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर लत्पत्याएर विरोध जनाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिनिधिसभा विघटनका विरुद्ध विपक्षी दलका कार्यकर्ताहरुले निषेधाज्ञाकैबीच सांकेतिक प्रदर्शन गरिरहेका छन्।

    प्रतिकृया दिनुहोस्

    हाजिरीजवाफ प्रतियोगितामा मदरल्याण्ड प्रथम

    नेसनल प्याब्सन भक्तपुर अन्तर्गत अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता-२०८१ सम्पन्न भएको छ । सिरिन केन स्कुलको...

    जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता गर्दै राष्ट्रको लागि दुई घन्टा अभियान

    राष्ट्रको लागि दुई घन्टा अभियानले भक्तपुर जिल्लाब्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ...

    दिब्यश्वरी प्लानिङको दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको निधन

    भक्तपुरको मध्यपुर थिमि-२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार महिलाको ज्यान गएको छ...

    नक्कली शैक्षिक प्रमाणपत्र सहित पक्राउ

    त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका...

    वातावरण विद खनाललाई पितृशोक

    बागमती सभ्यता एकीकृत विकास समितिको पूर्व कार्यकारी समिति सदस्य समेत रहेका वातावरणविद मौसम खनाललाई पितृशोक...