News Portal

  • शिक्षामा सबैभन्दा धेरै बजेट-बालविकास सहजकर्ताको न्यूनत्तम तलब १५ हजार पुग्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,१५ जेठ २०७८,शनिबार
    १४३७ पटक
    भक्तपुर,१५ जेठ २०७८,शनिबार

    सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

    आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम विनियोजन गरिएको बताएका हुन् । यो रकम पाठ्यक्रम वितरण वितरण, छात्रवृत्तिलगायतमा खर्च हुनेछ । एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ ।

    बजेटमा विश्वविद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोड समेत समावेश रहेको छ । शैक्षिक पूर्वाधारको काम समेत यसमा रहने छ । यस्तै, सरकारले विज्ञान प्रविधि तथा नव प्रवर्तन परिषद् समेत गठन गर्ने भएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय आगामी वर्ष सञ्चालन गरिने उनले बताए ।

    सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)लाई पुर्नसंरचना समेत गर्ने भएको छ ।

    बालविकास सहयोगीको तलब वृद्धि भएको छ।

    अहिलेको पारिश्रमिकलाई बढाएर ८ हजार पुर्‍याइएको जानकारी दिँदै अर्थमन्त्री विष्णु पौडेलले बालविकास सहजकर्ताको न्यूनत्तम तलब १५ हजार रुपैयाँ पुग्ने बताए। नपुग स्थानीय तहले व्यहोर्ने पनि अर्थमन्त्री पौडेलले बताए।

    यस्तै सार्वजनिक विद्यालय तथा क्याम्पसमा उच्च माध्यमिक र सो भन्दा माथिल्लो तहका विद्यार्थीलाई सरकारले ल्यापटप किन्न कर्जा दिने भएको छ । वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउन उक्त कर्जा दिने अर्थमन्त्री विष्णु पौडेलले बताए ।

    यसैगरी स्नातक वा सो भन्दा माथिका विद्यार्थीलाई प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाख रुपैंया सम्मको सहुलियतपूर्ण कर्जा दिने भएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...