News Portal

  • ‘पावरफूल’ दावी गर्ने निरीह शिक्षा मन्त्री श्रेष्ठ : एसईईको मोडालिटी तयार गर्न पनि असक्षम

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ जेठ २०७८
    १०३४ पटक
    भक्तपुर, १७ जेठ २०७८

    आफूलाई ‘पावरफूल एजुकेशन मिनिस्टर’ दावी गर्ने शिक्षा तथा विज्ञान प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ निरीह बनेका छन् । माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) संचालनमा योग्यता नपुगेपछि उनी निरीह बनेका हुन ।

    कोरोना महामारीका कारण रोकिएको एसईई परीक्षा वैकल्पिक विधिबाट गराउने या नगराउने भन्ने निर्णय समेत गर्न नसकेपछि उनको योग्यतामा प्रश्नचिन्ह लागेको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार बचाउनका लागि पूरै तागतले बिबादित अभिव्यक्ति दिनसक्ने मन्त्री श्रेष्ठको विभागीय कामको योग्यता भने जिरो देखिएको छ ।

    एसईई परीक्षा कसरी सञ्चालन गर्ने भन्नेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका सचिव, सहसचिव, उपसचिवलगायत सम्वद्ध कर्मचारी राखेर पनि निर्णयमा पुग्न नसकेपछि मन्त्री श्रेष्ठले सो निर्णयको जिम्मा मन्त्रीपरिषदमा पुर्याएका श्रोतले जनाएको छ । वैकल्पिक विधिबाट एसईई परीक्षा गराउने जिम्मा मन्त्रालयले मन्त्रिपरिषद्लाई सुम्पिन लागेको श्रोतको दावी छ ।

    शिक्षामन्त्रीको यस्तो तयारीले उनको विभागीय वौद्धिक क्षमता नभएको पुष्टि भएको छ । अघिल्लो वर्षको मोडालिटीमा स्कूलले गरेको मूल्यांकनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षाफल प्रकाशन गरेको थियो ।

    यो वर्ष जेठ १३ गतेदेखि एसईई परीक्षा हुने कार्यतालिका रहेपनि कोरोना महामारीका कारण स्थगित छ । परीक्षामा सामेल हुन ५ लाख १७ हजार विद्यार्थीले परीक्षा फारम भरेका छन् ।

    अपडेट : यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने भएको छ । साथै कक्षा १२ को परीक्षा पनि वैकल्पिक विधिको माध्यमबाट हुनेछ ।

    सरकारले गतवर्ष जस्तै यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले निर्णय गर्न नसकी सो विषय मन्त्री परिषदमा लगेपछि सोमबार राति बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकन विधि अनुसार गर्ने निर्णय गरेको हो ।

    एसईईको परिक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै राष्ट्रिय परिक्षा बोर्डले आइतबार नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो । शिक्षामन्त्री श्रेष्ठले उक्त मोडालिटी मन्त्रिपरिषद्मा लगेका हुन् ।

    कोरोना भाइरस सङ्क्रमण कायमै रहेको अवस्थाले गर्दा आन्तरिक मूल्याङ्कन बाट नै नतिजा प्रकाशन गर्न लागेको हो । कक्षा १२ को पनि बैकल्पिक विधिबाट मूल्याङ्कन विद्यालय तथा शिक्षकमा आधारित भएर नै मूल्याङ्कन गर्ने योजना रहेको जानकारी प्राप्त भएको छ ।

    यस प्रकारको निर्णयले गर्दा नयाँ शैक्षिक सत्रसमेत अगाडि बढ्न सहज हुने भएकाले एसईई र कक्षा १२ दुवैको परिक्षा हुन लागेको हो । एसईई विद्यालयमै जिम्मा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    खड्काको नेतृत्वमा चाँगुनारायण २ मा वाइसिएलको २७ सदस्यीय समिति गठन

    सत्तारुढ दल नेकपा(माओवादी केन्द्र) को सहायक संगठन वाइसिएल नेपालले चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ मा...

    एनसेलको शेयर खरिद बिक्री छानविन गर्न उच्चस्तरीय समिति

    दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न सरकारले एक...

    समाजवाद उन्मुख भक्तपुर : किसानलाई नि:शुल्क कम्पोष्ट मल, आलुको बिउँमा आधा अनुदान

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले स्थानीय किसानलाई निशुल्क कम्पोष्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले नगर भित्रका...

    खानेपानी वितरण र शुल्क असुलीको जिम्मेवारी स्थानीय तहलाई दिनुपर्ने सांसद सुवालको सुझाव

    prem suwal

    खानेपानी मन्त्री महिन्द्रराय यादवको अध्यक्षतामा काठमाडौं उपत्यकामा खानेपानीको समस्या र समाधानका बारे अन्तरक्रिया सम्पन्न भएको...

    भरतपुरको घर घरमै पुगेर स्वास्थ्य सेवा, मेयर दाहालले गरिन् शुभारम्भ

    renu dahal

    भरतपुरका घर घरमै पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएकालाई स्वास्थ्य सेवा दिने कार्यक्रम...