News Portal

  •  यस वर्ष पनि एसईई आन्तरिक मूल्याङ्कनबाटै हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर , १८ जेठ २०७८ मंगलबार
    १६६८ पटक
    भक्तपुर , १८ जेठ २०७८ मंगलबार

    यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने भएको छ । साथै कक्षा १२ को परीक्षा पनि वैकल्पिक विधिको माध्यमबाट हुनेछ ।

    सरकारले गतवर्ष जस्तै यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले निर्णय गर्न नसकी सो विषय मन्त्री परिषदमा लगेपछि सोमबार राति बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको नतिजा आन्तरिक मूल्यांकन विधि अनुसार गर्ने निर्णय गरेको हो ।

    एसईईको परिक्षा वैकल्पिक विधिबाट गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्न भन्दै राष्ट्रिय परिक्षा बोर्डले आइतबार नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रस्ताव गरेको थियो । शिक्षामन्त्री श्रेष्ठले उक्त मोडालिटी मन्त्रिपरिषद्मा लगेका हुन् ।

    कोरोना भाइरस सङ्क्रमण कायमै रहेको अवस्थाले गर्दा आन्तरिक मूल्याङ्कन बाट नै नतिजा प्रकाशन गर्न लागेको हो । कक्षा १२ को पनि बैकल्पिक विधिबाट मूल्याङ्कन विद्यालय तथा शिक्षकमा आधारित भएर नै मूल्याङ्कन गर्ने योजना रहेको जानकारी प्राप्त भएको छ ।

    यस प्रकारको निर्णयले गर्दा नयाँ शैक्षिक सत्रसमेत अगाडि बढ्न सहज हुने भएकाले एसईई र कक्षा १२ दुवैको परिक्षा हुन लागेको हो । एसईई विद्यालयमै जिम्मा दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...