News Portal

  • कुर्सी बचाउन गरिएको तराईलाई मरुभूमि बनाउने निर्णय खारेज गर्न प्रचण्डको माग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ जेठ २०७८
    ७६९ पटक
    भक्तपुर, १९ जेठ २०७८

    सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमै तराई-मधेस क्षेत्रको नदीबाट ढुंगा, गिटी, बालुवा भारत निकासी गर्ने घोषणा गरेपछि बौद्धिक तहबाट त्यसको बिरोध हुँदै आएको छ ।

    यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि त्यस प्रति आपत्ति जनाएका छन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले सरकारले आफ्नो कुर्सी बचाउनका लागि तराईलाई मरुभूमि बनाउन नहुने माग गरेका छन् । नदीजन्य सामग्रीको उत्खनन् र बेचविखनले तराई मरुभूमि हुने दाबी गर्दै उक्त निर्णय खारेजीको माग गरेका छन् ।

    ‘असंवैधानिक सरकारले बजेटमार्फत नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापारघाटा कम गर्ने नाममा कुर्सी बचाउने र तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जन विरोधी निर्णय तुरुन्त खारेज गरियोस्,’ उनले सामाजिक सञ्जालमार्फत आफ्नो माग सार्वजनिक गरेका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा उद्योगपति बिनोद चौधरीले पनि तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराई बिहार भ्रमणमा रहदा त्यहाका मुख्यमन्त्री नितिसकुमारले नेपाल बाट ढुंगा, गिटी, बालुवा ल्याउने इच्छा राख्दा ठाडै इन्कार गरेको सम्झदै अहिलेको सरकारप्रति असन्तोष व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...