News Portal

  • जसपा फुटाएर १७ सदस्यीय मन्त्रिपरिषद गठन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ जेठ २०७८
    ५९० पटक
    भक्तपुर, २१ जेठ २०७८

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । सरकार कामचलाउ भए पनि ओलीले आफ्ना नजिकका ९ मन्त्रीलाई हटाएर भए पनि जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षलाई समेटेर मन्त्रीपरिषद पुनर्गठन गरेका हुन् । यससँगै कामचलाउ सरकारको मन्त्रिपरिषद १७ सदस्यीय भएको छ ।

    ओलीले नयाँ मन्त्रिपरिषदमा तीन जनालाई उपप्रधानमन्त्री बनाएका छन् । तीन जना उपप्रधानमन्त्रीमा आफ्नै पार्टीका दुई जना नेता र एक जना जसपाबाट राजेन्द्र महतो रहेका छन् । ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् भने एमालेका नेता रघुवीर महासेठलाई पनि उपप्रधानमन्त्री बनाएका छन् । उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र र महतोलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी ओलीले दिएका छन् ।

    नयाँ मन्त्रिमण्डलमा जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् । जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन् ।

    मन्त्रिपरिषदबाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिएका छन् । बाहिरिने अन्य मन्त्रीहरुमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्‍माकुमारी अर्याल, सञ्चारमन्त्री पार्वत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फे, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो रहेका छन् ।

    त्यस्तै स्वास्थ्य राज्यमन्त्री नवराज राउत, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विक पनि सरकारबाट विदा भएका छन् ।

    ओलीले मौजुदा मन्त्रिपरिषद्का चार मन्त्रीलाई भने कायमै राखेका छन् । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई भने निरन्तरता दिएका छन् ।

    प्रधानमन्त्री ओलीले गृह र रक्षा मन्त्रालयको जिम्मेवारी भने आफै सम्हालेका छन् । यसअघि सर्वोच्चको आदेशले गृहमन्त्री रामबहादुर थापा बादलसहित प्रचण्डको साथ छाडेर ओलीको पक्षमा लागेका मन्त्रीहरु पद मुक्त भएका थिए ।

    मन्त्रिपरिषद् तथा कार्य विभाजन
    प्रधानमन्त्री केपी शर्मा ओली – उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, गृह, रक्षा, वन, संघीय मामिला तथा सामान्य प्रशासन, सूचना तथा सञ्चार प्रविधि,
    विष्णुप्रसाद पौडेल – उपप्रधानमन्त्री, अर्थ
    रघुवीर महासेठ – उपप्रधानमन्त्री, परराष्ट्र
    राजेन्द्र महतो –उपप्रधानमन्त्री, शहरी विकास
    शरतसिंह भण्डारी – मन्त्री, ऊर्जा जलस्रोत तथा सिंचाइ
    कृष्णगोपाल श्रेष्ठ – मन्त्री, शिक्षा विज्ञान तथा प्रविधि
    अनिल झा – मन्त्री, खानेपानी तथा सरसफाइ
    शेरबहादुर तामाङ – मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या
    लक्ष्मणलाल कर्ण – मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
    बसन्तकुमार नेम्वाङ – मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
    लीलानाथ श्रेष्ठ – मन्त्री, कानून न्याय तथा संसदीय मामिला
    विमल श्रीवास्तव – मन्त्री, श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा
    उमाशंकर अरगरिया – मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
    चन्दा चौधरी – मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
    एकवाल मियाँ – मन्त्री, युवा तथा खेलकुद
    चन्द्रकान्त चौधरी – राज्यमन्त्री, ऊर्जा, जलस्रोत तथा सिंचाइ
    रेणुका गुरुङ – राज्यमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

    तस्विर : गोरखापत्र

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...