News Portal

  • गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ जेठ
    ७१५ पटक
    भक्तपुर, २७ जेठ

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर, उनको पक्षमा २७ मत मात्र प्राप्त भएको छ भने विपक्षमा ३० मत खसेको छ ।

    मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नै अनुपस्थित भए । उनी स्वतन्त्र सांसद हुन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे । नेकपा (एमाले) का सांसद मात्र साथमा रहंदा उनी अल्पमतमा परी मुख्यमन्त्री गुरुङ पदमुक्त भए ।

    नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले विपक्षमा मतदान गरेका हुन् ।

    अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...