News Portal

  • उपमेयरसहितको परिषद बैठक बहिष्कारपछि काठमाडौं महानगरमा नगर सभा स्थगित

    बुद्धशरण शाही/ भक्तपुरपोस्ट काठमाडौं, ४ असार २०७८
    ६६३ पटक
    काठमाडौं, ४ असार २०७८

    काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गी सहित कांग्रेसका जनप्रतिनिधिले महानगरपालिकाको नगरपरिषद् बहिष्कार पछि रोकिएको आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको छ ।

    असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो वैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका थिए । तर, उपमेयर खड्गी सहित काँग्रेस बाट निर्वाचित १४ जनप्रतिनिधिले महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित गर्ने नियमलाइ मेयर शाक्यले एकलौटी ढंगबाट कार्यपालिका बोर्डबाट पारित नगरी नगरपरिषद्‍मा लैजान खोजेको भन्दै परिषद् बहिष्कार गरेका थिए।

    मेयर शाक्यले भने उपमेयर सहित अन्य जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेको कारण दुई दिनका लागि स्थगन गरेको जानकारी दिए ।

    प्रमुख शाक्यले असार १० गते बजेट ल्याउनै पर्ने कानुनी बाध्यतालाई समेत ध्यानमा राखेर नेपाली काँग्रेसका तर्फका जनप्रतिनिधिसँग सघन छलफल भैरहेको भक्तपुर पोस्ट संग प्रतिक्रिया दिएका छन् ।

    यता, नीति तथा कार्यक्रम ल्याउने वैधानिक बाटो छलिएको र नगरपरिषदमा एमालेको बहुमत भएका कारण एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याउन खोजिएको उपमेयर खड्गी सहित १४ कांग्रेस जनप्रतिनिधिको आरोप छ ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...