News Portal

  • आचाजुले बाचा मुताविक आफ्नै छोराको बलि चढाएको घटनासंग सम्बन्धित जात्रा सम्पन्न

    बुद्धशरण शाही/ भक्तपुरपोस्ट काठमाडौं, १८ असार
    ९०२ पटक
    काठमाडौं, १८ असार

    आज २०७८ असार १८ गते शुक्रवार , भलभला अष्टमी हो । नेपालको सर्वप्राचिन बस्ती ”ग्वल: ” स्थित पाशुपत सस्कृती मध्येको एक अनौठो सस्कृती ‘मचातीस् जात्रा’ (त्रिशुल जात्रा) पाशुपत क्षेत्र “ग्वल:” मा परम्परागत रुपमा ९ नौ टोलबाट नौवटा जात्रा हुने गर्थ्यो भने हाल ३ बटा जात्रा सन्चालनमा रहेको छ । पाशुपत क्षेत्रमा असार महिनाको कृष्ण भलभलाष्टमीको दिन पाशुपत क्षेत्र “ग्वल:” का टोलटोलबाट त्रिशुल जात्रा गरिन्छ ।

    पशुपति क्षेत्र भित्र मनाइने जात्रामध्य त्रिशुल जात्रा भिन्नै आख्यानसंग जोडिएको छ । एक समय पाशुपत क्षेत्रका अष्टमातृका पिठमध्ये भुवनेश्वरी मन्दिरमा पुजा गर्न भूमि आचाजु९पुजारी० हिडिरहेको बेलामा छोरा पछिपछि आइरहेको पुजारीलाई थाहा नै भएनछ। पुजा सकिएपछि तिम्रो पछाडि जे छ मलाई बली चढाउन सक्छौ रु भने पछि बाचा गराउदा पछाडि नहेरी हुन्छ भनिदिए छन्। बली दिन पछाडी हेर्दा आफ्नै छोरा देखेपछि आत्मग्लानी गर्दै बाचामुताविक बलि चढाई दिएछन् । देवी सामु आफ्नी छोरा पुनर् जीवित गरी दिनु पर्यो भनि आग्रह गर्दा देवीले अमुक स्थानबाट अमृतको घडा ल्याई मृत् शरीरमा छ्म्कीय छोरा पुनः जीवित हुने बताए छन्। छोरो बचाउन अमृत घडा लिन आचाजु देवस्थलको ढोका बन्द गरि हत्तारिदै अमुक स्थलमा निस्किदा आचाजुका श्रीमतीले नियमा विपरित ढोका खोलेर हेरिन् । मन्दिर भित्र आफ्नै छोराको बिभत्स लास देखेपछि आचाजुले तन्त्र सिद्द गर्न आफ्नै छोराको हत्या गरि भागेछन् भनी सम्झी काठमाडौँका माइती खलकको सहयतामा लासलाइ अन्तिम सस्कार गरिदिइन् । उता भूमि आचाजु अमृतको घडा लिएर हालको नयाँ बानेस्वर स्थित छ्खु बख्खु पुग्दा एकजना कुस्लेले तिम्रो छोराको लास त जलाई सक्यो भन्दा आचाजु दिमागी सन्तुलन गुमाई त्यही ढल्न पुगे छन्। भनिन्छ, अमृतको घडा सहित भूमि आचाजु शिलामा समाहित भएको हुदा आजपनि सो स्थान लै छ्ख्खु बख्खु अष्टमातृका ९ अजिमा ० को रुपमा मन्दिर स्थापित छ।

    पतिको आदेश विपरीत् आगन देवता खोलेर हेरेको र पतीप्रति विस्वास नगरी माइती पक्षको लहैलहैमा लागेकोले नै जघन्य घटना हुन पुगेको र समाजमा पतीको आज्ञा नमान्दा भएको घटनालाइ शिक्षा दिन प्रत्यक बर्ष भलभल असार कृष्ण अष्टमीका दिन मचातिया जात्रा अर्थात् बालबालिकालाइ त्रिशुलले घोपेर गरिने त्रिशुल जात्रा गर्ने परम्परा रहेको बताइन्छ।

    अर्को आख्यान अनुसार नागार्जुन पहाडको राक्षसले ९नेपाल भाषामा ग्वल ०देवपतन पाशुपत क्षेत्रका ससाना बालबालिकालाइ जबर्जस्ति लुटेर बिभत्स हत्या गरि खाने गर्दा थिए। राक्षस बाट आजित भएका ग्वल बसी पनि भुवनेस्वरीका पुजारी भुमि आचाजुको सल्लाह अनुसार उसैका छोराछोरी ल्याई तन्त्रबलको प्रभावले हत्या गरि त्रिशुलले रोपेर देश परिक्रमा गरि प्रतिशोध सांधेछन्। भनिन्छ राजा अमर मल्लको राज्यकालमा पाशुपत क्षेत्रका अष्टमातृका देवीलाई जगाई मचातिया ९ त्रिशुल जात्रा ०जात्र चलाएपछि देशवासीले कहिल्यै नागार्जुनका राक्षस बाट भय बेहर्नु परेन ।

    गुठि सस्थान र अमल्कोटले ब्यबस्थापन गर्दै आएको यो जात्रा कोविड संक्रमणका कारण आज गरिनु पर्ने यो जात्र सामान्य रथमा विधि पुजामा मात्र सिमित रहने गरि सम्पन्न गरिएको भण्डारी समाजका अध्क्षय तथा पशुपति नाथका भण्डारी केदारमान भण्डारीले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...