News Portal

  • भक्तपुरमा फ्रान्सेली संस्थाको सहयोगमा युनिटी युवा क्लवद्वारा राहत वितरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ असार २०७८
    १३५६ पटक
    french aid in bhaktapurभक्तपुर, १९ असार २०७८

    विश्वब्यापी महामारीको रुपमा रहेको कोभिड १९ को दोस्रो लहरका कारण जारी लामो समय सम्मको निषेधाज्ञा (बन्दाबन्दी) बाट प्रभावित भक्तपुरका बिपन्न परिवारलाई राहत बाडिएको छ । युनिटी युवा क्लब पान्डोबजारको सकृयतामा Tibetine Et Pepules de I Himalaya( TPH) फ्रान्सको सहयोगमा शनिवार बिपन्न परिवारलाई राहत बाडिएको हो ।

    भक्तपुरको सूर्यविनायक ६ मा रहेका अति बिपन्न ४० घर परिवारलाई राहत बितरण गरिएको क्लबका अध्यक्ष पुनम चन्द्र गिरीले बताए । अति बिपन्न मजदुर परिवारलाई लक्षित गरी प्रति परिवार एक बोरा चामल(३०किलो), दाल २ किलो, नुन २ पाकेट, तेल २ लिटर लगायत अत्यावश्यक खाद्यान्न सामाग्री बितरण गरिएको TPH फ्रान्ससंग समन्वय गरी सहयोग जुटाउन पहल लिएका युनिटी युवा क्लबका सदस्य रवि दास दोङले जानकारी गराएका छन् ।

    क्लबले खेलकुदका साथै बिकृती बिसंगती हटाउने जनचेतना मुलक कार्यक्रमहरु निरन्तर गर्दै आइरहेको र पछिल्लो समय माहामारी र प्राकृतिक प्रकोपमा समेत सहयोगी हात अघि बढाइरहेको सचिब कविन दोङले दावी गरेका छन् । युवाहरु एक भएर समाजको समस्या समाधानमा लागीरहेको उनले बताए ।

    युनिटी युवा क्लवको कार्य प्रशंसनीय रहेको वाइसिएल भक्तपुरका अध्यक्ष समेत रहेका स्थानीय युवा नेता नरेश वाइवाले बताए । युवाहरुले आफ्नो बारेमा मात्र नभई समस्यामा परेका समुदायप्रति सेवाभाब राखी सहयोग गर्नु अनुकरणीय कार्य भएको उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...